पौष १८ गते २०७६

नेकपाले लगायो राष्ट्रिय सभाका उम्मेदवारहरुको टुंगो ।को को छन ?

राष्ट्रियसभा निर्वाचन आगामी माघ ९ गते हुँदै छ । निर्वाचन कार्यक्रमअनुसार यही पुस २० गते उम्मेदवारी दर्ता हुनेछ । राष्ट्रियसभामा नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका १ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित १ गरी कूल १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ सकिने भएकाले निर्वाचन गर्न लागिएको हो । राष्ट्रियसभा सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । जसअनुसार
प्रदेश १ : ईन्दु गौतम (महिला)
गोपी अछामी (दलित)
देवेन्द्र दाहाल (अन्य)
प्रदेश २ : तुलसा दाहाल (महिला)
राधेश्याम पासवान (दलित)
प्रदेश ३ : गंगा वेलवासे (महिला)
वेदुराम भुसाल (अन्य)
गण्डकी: नारायण काजी श्रेष्ठ (अन्य)
भगवती न्यौपाने (महिला)
प्रदेश ५ : विमला घिमिरे (महिला)
जगप्रसाद शर्मा (अपागं तथा अल्पसंख्यक)
गोपाल भट्टराई(अन्य)
कर्णाली : सुमित्रा विसी (महिला)
मायाप्रसाद शर्मा (अन्य)
सुदुरपश्चिम : शारदा भट्ट (महिला)
तारामान सिंह (अन्य)
शुक्रबार बसेको नेकपा सचिवालय बैठक यी नामहरुको टुङ्गो लगाएको हो । राष्ट्रिय सभामा जुन समुह वा प्रदेश बाट रिक्त भयो सोही प्रदेश एव समुह बाट नै उमेद्वार बनाउनुपर्ने प्रावधान रहेको छ ।