पौष १९ गते २०७६

पोखरा महानगर वडा १७ को टोलि राईनासकोटमा

पोखरा, पुष १९
पोेखरा महानगरपालिका वडा नं १७ का र्निबाचित जनप्रतिनिधि तथा कर्मचारी सहितको टोलि राईनासकोट पुगेको छ ।
भ्रमण बर्ष २०२० को सुरुवातमै स्थानिय पर्यटकिय गन्तब्य भ्रमणको लागि टोलि राईनासकोट पुगेको हो । पछिल्लो समय आन्तरीक पर्यटक तान्न सफल लमजुङ्ग जिल्लाको राईनास नगरपालिकामा रहेको राईनासकोटको ऐेतिहासिक तथा पर्यटकिय संभावनाको अध्ययन तथा स्थानिय तहबिच अनुभव आदान प्रदानको लागि वडाअध्यक्ष सहितको टोलिले भ्रमण गरेको राधिका शाहि योगिले जानकारी दिईन । राईनासकोटमा रहेको होमस्टे यो बर्षको उत्कृष्ट होमस्टेमा पर्न सफल भएको थियो । भ्रमण बर्षले मुख्य पर्यटकिय गन्तब्य सहित ग्रामिण पर्यटनलाई पनि बिस्वमा चिनाउन आबस्यक रहेको राईनासकोट भ्रमण पछि वडाअध्यक्ष तिर्थराज अधिकारीले बताए । सो अबसरमा राईनास नगरपालिकाका जनप्रतिनिधिहरु संग पनि अनुभव आदानप्रदान तथा राईनासकोटको एतिहासिक महत्वको बारेमा कुराकानि भएको थियो ।