राईनास, लमजुङ्ग । पुष २० नेपाली काग्रेसका साबिक गाबिस कमिटी सचिव तथा पुर्ब वडाअध्यक्ष नेकपा कम्युनिष्ट पार्टी(नेकपा)मा प्रबेश गरेका छन । लमजुङ्ग जिल्लाको साबिक भलायखर्क गाविसका पुर्ब वडा अध्यक्ष तथा काग्रेसका नेता प्रेम प्रसाद अधिकारी नेकपा प्रबेश गरेका हुन । उनको साथमा काग्रेसका पार्टी सदस्य जित बहादुर लुईटेल पनि नेकपा प्रबेश गरेका छन । उनीहरुलाई गण्डकी प्रदेशका सांसद तथा नेकपा लमजुङ्गका सचिव धनन्जय दवाडीले अबिर लगाएर स्वागत गरेका हुन । राईनासमा भएका एक कार्यक्रममा अधिकारी अहिले सरकारले देखाएको बिकास र जनलहरका कारण आफुले काग्रेस परित्याग गरेको बताए । अब देश बिकासका बाटोमा अगाडी बढ्नु पर्ने र नेकपाले ल्याएको योजनाहरु दिनप्रतिदिन लोकप्रय बन्दै गएकोले संबृद्ध नेपाल र्निमाण गरी आफुहरुले जस्तै भावि पुस्ताले पनि अभाव र गरिबि भोग्न नपर्ने बाताबरण र्सिजना गर्नको लागि नेकपा नै उत्तम बिकल्प भएकाले धुब्रिकृत हुन सबैलाई उनले आग्रह गरे । कार्यक्रममा सांसद दवाडीले कम्युनिष्टहरु प्रति काग्रेसले लगाएको आरोप झुटो साबित हुदै गएकाले अब काग्रेसमा भएका असल मानिसहरु नेकपामा संगठित हुदै जाने बताए ।
तनहुँबाट लमजुङ आउँदै गरेको वस भानुमा दुर्घटना हुँदा चालककै ज्यान गएको छ । दुर्घटनामा चालक भानु नगरपालिका–६ टुुहुरेपसल निवासी २१ वर्षका अनिल धमेलको निधन भएको हो । तनहुँवाट लमजुङ...
Read More
पोखरा, मंसिर ९ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्य देब प्रसाद गुरुङ्गले नेपालमा कम्युनिष्ट सरकार स्थापनाको दुई बर्षमै आर्थिक बृद्धिदर ईतिहासकै उच्च बिन्दूमा रहेको बताउनु भएको छ ।...
Read More
२२ असोज, काठमाडौं । विवादास्पद अभिव्यक्ति दिंदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिहरुले काठमाडौंमा कालोमोसो दलेका छन् । राजधानीको यल्लाे प्यागाेडा होटलमा प्रसाईंले दिउँसो १२:४५ बजे पत्रकार सम्मेलन...
Read More
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेशनल प्याब्सनले निजी विद्यालयलाई भौगोलिक क्षेत्रहरुका आधारमा बढीमा १५ प्रतिशतभन्दा बढी कर नलगाउन अर्थमन्त्रालयसँग आग्रह गरेको छ । सङ्गठनले आज पत्रकार सम्मेलन गरी...
Read More