पौष २० गते २०७६

इरानले गर्‍यो युद्धको घोषणाः अमेरिकी दूतावासमा रकेट आक्रमण

एजेन्सी। अमेरिकी एयर स्ट्राइकमा इरानी कमाण्डर कासिम सुलेमानीको मृत्यु भएपछि इरानले युद्धको घोषणा गरेको छ । शनिबार बिहान इरानले जामकरन मस्जिदमाथि रातो झण्डा फहराएर युद्धको लागि देशभर अलर्ट जारी गरेको हो । तनावपूर्ण थितिमा यसरी रातो झण्डा फहराउनुलाई ‘युद्धको लागि तयार रहनू, युद्ध सुरु भइसकेको छ’ भन्ने सन्देश दिएको रुपमा बुझिन्छ । रिपोर्टका अनुसार इरानले यसरी मस्जिदमा रातो झण्डा फहराएको पहिलो पटक हो ।
बेलायती मिडिया मेट्रोका अनुसार कोमस्थित जामकरन मस्जिदको डोममा सधैं धार्मिक झण्डा फहराइन्थ्यो । अहिले भने त्यो धार्मिक झण्डा हटाएर रातो झण्डा फराइएको छ जलाई युद्धको घोषणाको रुपमा लिइएको छ किनकि रातो झण्डाको अर्थ दुःख जनाउनु हुँदैन । यसरी झण्डा फराउनुको अर्थ इरानले आफ्ना देशवासीलाई त्यो स्थितिको लागि तयार रहन भनेको छ जुन स्थिति उनीहरुले यसअघि कहिल्यै देखेका थिएनन् । यसअघि इरान र इराकको युद्धको बेला पनि यसरी रातो झण्डा फहराइएको थिएन ।
इतिहासमा हुसैन साहबले कर्बला युद्धको बेला मस्जिदमाथि रातो झण्डा फहराएका थिए । यो रातो झण्डा रगत र शहादतको प्रतीक मानिन्छ । अहिलेको स्थितिमा सुलेमानीले देशको लागि शहादत दिएको र यसको बदला लिनको लागि देशवासीलाई तयार रहन भनिएको रुपमा यो झण्डा फहराइएको छ । जामकारन मस्जिदलाई इरानको सबैभन्दा पवित्र मस्जिद मानिन्छ र यहाँको युवाहरुमा यको गहिरो प्रभाव छ ।
उता इराकको राजधानी बगदादमा अमेरिकी दूतावासमा रकेट आक्रमण भएको छ । अमेरिकी दूतावासभित्र रकेट प्रहार भएपछि भागदौड मच्चिएको थियो । सूत्रका अनुसार बगदादको ग्रीन जोनमा अमेरिकी दूतावासभित्र कत्युषा रकेटबाट आक्रमण भएको हो । यो आक्रमणमा कति मानिस हताहत भए भन्ने प्रस्ट जानकारी आइसकेको छैन । अमेरिकाले इरानका सैनिक कमाण्डर जनरल कासिम सुलेमानीको हत्या गरेलगत्तै यो आक्रमण भएको हो । इरानले सुलेमानीको हत्याको बदला लिने घोषणा गरेको थियो ।