माघ ७ गते २०७६
प्रधानमन्त्री ओलीले मोदीलाई भने ः नमिलेको कुरा बसेर मिलाऔ
७ माघ २०७६,
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विराटनगरमा निर्मित एकीकृत जाँच चौकी मङ्गलबार भिडियो कन्फ्रेन्सका माध्यमबाट संयुक्त रुपमा उद्घाटन गरेका छन् । ओली र मोदीले उद्घाटनका अवसरमा संक्षिप्त सम्बोधनसमेत गरे ।
प्रधानमन्त्री ओलीले अङ्ग्रेजी भाषामा सम्बोधन गर्दा मोदीले भने नेपाली र हिन्दी भाषा प्रयोग गरे । सम्बोधनको सुरुमै मोदीले नेपाली जनतालाई सोधे– कस्तो छ रु
त्यसपछि उनले हिन्दी भाषामा सम्बोधन अघि बढाए । उनले नयाँ वर्ष २०२० को शुभकामना समेत दिए ।
उनले २०२० नयाँ वर्षमात्र नभएर नयाँ दशकको पनि सुरुवात भएको भन्दै नयाँ वर्ष र नयाँ दशक सबैका लागि सुस्वास्थ्य, दीर्घायु, प्रगति, प्रशन्नता र शान्ति लिएर आओस् भन्ने कामनासमेत गरे ।
उनले हालै दुवै देशमा माघे संक्रान्ति मनाइएको चर्चासमेत गरे । ‘गत साता संक्रान्ति मनाइयो,’ मोदीले भने, ‘यसका अवसरमा पनि म शुभकामना दिन चाहन्छु ।’
उनले नयाँ वर्ष र नयाँ दशकको सुरुवातमै नेपाल र भारत शुभकार्यमा सामेल भएको भन्दै एकीकृत जाँच चौकी निर्माण हुनु दुई देशबीचको साझेदारीको एउटा उदाहरण रहेको प्रष्ट पारे । पाँच महिनामा दोस्रो पटक यस प्रकारको भिडियो कन्फ्रेन्सबाट दुई अलग परियोजना उद्घाटन भएको भन्दै उनले यसलाई प्रविधिको विकासको उदाहरणका रुपमा समेत प्रस्तुत गरे ।
‘छिमेकी पहिला’ नीतिलाई आफ्नो नेतृत्वको सरकारले प्राथमिकता दिएको जिकिर गर्दै उनले कनेक्टिभिटी बढाउनु आजको आवश्यकता रहेको बताए । भारत–नेपाल सम्बन्ध छिमेकीमात्र नभएर इतिहास र भूगोलले हामीलाई प्रकृति, परिवार, भाषा, संस्कृति लगायत कयौँ धागोमा जोडेको उनले बताए ।