माघ ७ गते २०७६
एमसीसी प्रकरणबारे महरा ः सम्झौता डरलाग्दो रणनीति जोडिएको छ
माघ ७ गते, काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी बारे नेपालमा अहिले निकै विवाद देखिएको छ । तत्कालिन कांग्रेस नेतृत्वले गरेको उक्त सम्झौता नेपालको संसदबाट पारित गर्ने कि नगर्ने भन्नेमा अहिले विवाद देखिएको हो ।
सत्तारुढ दल र सत्ताबाहिरका दलले पनि एमसीसी सम्झौताबारे फरक–फरक धारणा सार्वजनिक गरिरहेका छन् । यसैबीच एमसीसी सम्झौता संसदबाट रोक्न खोजेकै कारण पूर्वसभामुख कृष्णबहादुर महरालाई फसाइएको भन्ने पनि चर्चा चलेको छ । संसदकै महिला कर्मचारीमाथि यौन दुव्यर्वहारको आरोपमा पुर्पक्षका लागि कारगार चलान भएका महरालाई एमसीसी सम्झौता रोकेकै कारण योजनागत रुपमा फसाइएको चर्चा बाहिरिएको हो ।
महरालाई फसाइएको विषय सार्वजनिक भईरहेका बेला सार्वजनिक मिडियामार्फत महराले एमसीसी सम्झौताबारे आफ्नो धारणा राखेका छन् । उनले जनतापाटी नामक एक अनलाइन मिडियामार्फत एमसीसी सम्झौता र यसको गम्भिरताबारे मुख खोलेका हुन् । उनले उक्त अनलाईन मिडियामार्फत एमसीसी सम्झौता देशको लागि अत्यन्तै खतरनाक भएको बताएका छन् ।
उनले भनेका छन्, ‘हेर्नुस् एमसीसीभित्र विकासको कुरा मात्रै छैन । अन्य कुराहरु पनि छन् । त्यो रोक्नु पर्छ । त्यो रोकिएन भने मुलुकभर भोलि अमेरिकी सेनाको परेडस्थल हुनेछ । पहिले हामीले कार्यक्रम सुरु गर्दा ईण्डोप्यासेफिक रणनीति ९आइपीएस०को कुरा थिएन । तर, अहिले खतरनाक ढंगले आयो ।’
उनले एमसीसी इण्डो–प्यासिफिककै अंग मात्र नभई नेपालमा इलेक्ट्रिक डिभाइस, क्षेप्यास्त्र प्रणाली नै जडान गरेर चीनलाई निशाना बनाउने रणनीति पनि भएको बुझ्नमा आएको बताएका छन् । ‘हिजो युद्धका लागि प्रयोग भएको पाल्पाको ‘नुवाकोटगढी’ तिर क्रसबोर्डर लाइन लैजानुलाई कसरी हेर्ने रु तपाईहरु९ मिडिया०ले सकारात्मक भूमिका खेल्नुस्, मुलुक अर्कैतिर जाँदै छ १’
महराले एमसीसी सम्झौतालाई रोकेर राजनीतिक दलहरुले सुझबुझको बाटो अपनाउनुको विकल्प नभएको पनि बताएका छन् । यसैबीच महराले आफ्नो जेल जीवन सामान्य नै रहेको र आफ्नो स्वास्थ्य अवस्थामा पनि सुधार भएको कुरा खुलाएका छन् ।