माघ ७ गते २०७६

अब महिलाले अर्को विहे गरेमा सम्पत्ति फिर्ता गर्नुपर्ने

काठमाडौं‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०७५’ लाई पारित भएको छ । प्रतिनिधि सभाको मंगलबार बसेको बैठकले सो विधेयकलाई पारित गरेको हो । प्रतिनिधि सभाको बैठकले कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको विधेयकमाथि छलफल गरी संशोधनसहित बहुमतले पारित गरेको हो ।

विधेयकमाथिको छलफलमा सहभागी हुदै सांसदहरु प्रेम सुवाल, पुष्पा भुसाल ९गौतम०, शेरबहादुर तामाङ, हितबहादुर तामाङ, कृष्णभक्त पोख्रेलले महत्वपूर्ण विधेयक भएकाले त्यसबारे वृहत रुपमा सरोकारवालाहरुसंग छलफल गर्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै अझै पनि विधेयकमाथि कयौ संशोधन आवश्यक रहेको बताए ।
सांसद भुसालले विधवा महिलाले अर्को विहे गरेमा सम्पत्ति फिर्ता गर्नुपर्ने लगायत विधेयकमा भएका प्रावधान अझै पनि संशोधन गर्न आवश्यक रहेको धारणा राखिन् ।छलफलमा उठेका प्रश्नको जवाफ दिदै कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकालले विषयगत आधारमा संसोधन गर्नुपर्ने आवश्यकता देखिएमा भविष्यमा संशोधन गर्दै लैजान सकिने बताए ।
उनले विधवा महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने र डाक्टरको लापरवाहीका कारण विरामीको मृत्यु भएको वा नभएको भन्ने विषयमा छानविन गर्न गठन गरिने समितिका सदस्यको क्षमता र योग्यताका बारेमा सांसदहरुले गराएको ध्यानाकर्षणलाई आगामी दिनमा महत्व दिइने प्रतिवद्धता जनाए