माघ ९ गते २०७६

सांसद दीपक मनाङ्गे पक्राउ

९ माघ, काठमाडौं । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गे पोखराको लेकसाइडबाट पक्राउ परेका छन् ।
पोखरामा मुख्यमन्त्री कपमा भएको बिवादमा एन्फाका अध्यक्ष मिलन गुरुङलाई कुटेपछि मिलन गुरुङले हालेको मुद्दाको आधारमा गण्डकी प्रदेश सदस्र्य दिपक मनाङ्गेलाई बिहिबार पक्राउ पुर्जी जारी गरेको थियो ।
बिहिबार नै भएको राष्ट्रिय सभाको निर्वाचनमा मतदान गरेको करिव एक घण्टा पछाडी मनाङ्गेलाई पक्राउ गरिएको हो ।
उनले आफुले गल्ति नगरेका कारण त्यसलाई फेस गर्ने र प्रहरी प्रशासनमा परेको भ्रम चिर्ने उनले बताएका थिए । हातपात पछि पत्रकार सम्मेलनको आयोजना गरेर गुरुङ्गले एन्फा अध्यक्षले आफ्ना खेलाडीमाथी बेईमानी गरेकाले झापड हानेको बताएका थिए । अपराधिक पृष्ठभुमि बाट राजनितिमा आएको गुरुङ्ग फेरी एक पटक चर्चामा आएका छन ।