माघ १० गते २०७६

एक्याप र एमक्याप प्रदेश मातहत ल्याउने गण्डकी प्रदेशको र्निणय

पोखरा, माघ १०
२७ बर्ष अगाडी तत्कालिन राजतन्त्रले केही दरवार र वरिपरिकै संरक्षणमा रहने गरि गठन गरिएको महेन्द्र प्रकृति संरक्षण कोष ,हाल अन्नपुर्ण प्रकृति संरक्षण कोषको अबधि सकिएपछि गण्डकी प्रदेश सरकारले आफु मातहत ल्याउने र्निणय गरेको छ ।
गण्डकी प्रदेस सरकारको मन्त्रीपपरिषद बैठकले यो बिषयमा र्निणय गरेको सरकारका प्रबक्ता तथा भौतिक पुर्बाधार बिकास मन्त्री रामशरण बस्नेतले जानकारी दिनु भयो । यो संगै मनास्लु संरक्षण आयोजना पनि सरकार महातहत ल्याउने र्निणय भएको हो ।
पछिल्लो समय स्थानियस्तरमा अन्नपुर्ण संरक्षण क्षेत्र आयोजनाको बिरोध हुदै आएको थियो । । त्यसैगरि प्रदेश सरकारले दुग्ध बिकास बोर्डलाई कार्यान्वयनमा लैजाने र्निणय गरेको छ । बोर्डको पदाधिकारी नियुत्ती ढिलो हुदा काम नभएकोले हाललाई सदस्य सचिव मार्फत काम अगाडी बढाउने गरि गण्डकी रेन्वो ट्राउट सञ्चालनको लागि ४९ प्रतिशत साधारण शेयर बिक्री गर्ने र्निणय गरिएको छ ।