माघ १९ गते २०७६
बीबीसी रेडियोको समेत आर्थिक संकटमा ः खस्कदो रेडियो क्रेज , ८० वर्ष लामो यात्रामा विराम लाग्यो
१९ माघ, काठमाडौं । ८० वर्षदेखि निरन्तर प्रसारण हुँदै आएको बीबीसी हिन्दी रेडियो ३१ जनवरीदेखि बन्द भएको छ । बीबीसी हिन्दी रेडियो सेवाले आफ्नो अन्तिम प्रसारण शुक्रबार साँझ साढे ७ बजे भयो । बीबीसी हिन्दी सेवाको ‘दिनभर’, ‘नमस्कार भारत’ लगायतका कार्यक्रम निकै लोकप्रिय थिए ।
बीबीसी रेडियोको विश्व सेवा, हिन्दी सेवा र उर्दू सेवाको आफ्नो स्वर्णिम इतिहास छ । नेपालमा बीबीसी नेपाली सेवा पनि प्रसारण हुँदै आएको छ । बीबीसीले आर्थिक संकटका कारण पटक पटक कर्मचारीहरु कटौती गर्दै आएको छ । बीबीसी हिन्दी रेडियोको सेवा बन्द हुनुलाई पनि त्यही कारण मानिएको छ । तर स्रोताको संख्या घट्दै गएको भन्दै विश्व हिन्दीको सर्टवेभ रेडियो प्रसारण बन्द गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
अन्तिम बुलेटिन प्रसारण गर्नुअघि बीबीसी हिन्दी रेडियोका प्रमुख प्रस्तोता राजेश जोशीले ८० वर्षे इतिहास बोकेको रेडियो सेवा बन्द हुँदा आफू भावुक बनेको बताए । अन्तिम कार्यक्रम प्रसारण सकेपछि जोशीले स्टुडियोको माइक ढोगेका थिए । यो दृश्यले धेरैलाई भावुक बनाएको छ