फागुन २ गते २०७६

भ्यालेन्टाइन असर ः आफैलाई गोली हाने प्रहरी जवानले

फाल्गुन २, शुक्रबार
भ्यालेन्टाइन डेका दिन आज आफुले गरेको प्रेम प्रस्तावलाई सहकर्मीले अस्वीकार गरिदिएपछि सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफुले आफैलाई गोली हानि आत्महत्याको प्रयास गरेका छन्।
सर्लाही जिल्ला घर भै हाल जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी जवान सर्लाहीका २२ वर्षीय चन्द्र किशोर रायले आफुले आफैँलाई गोली हानेर आत्महत्याको प्रयास गरेका हुन्।
आफु नजिकै ड्युटीमा रहेका अर्का प्रहरीको बन्दुक खोसेर उनले शुक्रबार बिहान साढेसात बजे एक राउण्ड गोली आफ्नै पेटमा हानेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीकी प्रमुख एसपी रन्जु सिग्देलले जानकारी दिइन। पेटमा गोली लागेर गम्भीर घाइते बनेका प्रहरी जवान रायको सिन्धुली अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाण्डौंस्थित नेपाल प्रहरी अस्पताल रिफर गरिएको छ ।
आफैँमाथी गोली प्रहार गर्नुको कारणबारे एकिन नभएपनि सँगै कार्यरत महिला प्रहरी जवानलाई प्रेमप्रस्ताव गर्दा अस्विकार गरेपछि उनले आत्महत्या गर्ने उद्देश्यले गोली हानेको हुनसक्ने अनुमान गरिएको छ । तर, एसपी सिग्देलले भने घाइते जवानले गोली प्रहार गर्नुको कारण नबताएको र अनुसन्धान पछिमात्रै थाहा हुने बताइन् ।
उसले गोली आफुले आफैलाई हानेको बताए पनि किन आफैलाई गोली हानेको भन्ने बारेमा केही नबताएको प्रहरीले जानकारी दिएको छ। तर प्रहरीले आज प्रणय दिवसको दिन पनि भएकाले प्रेम प्रस्ताव अस्वीकार भएपछी प्रहरी जवान रायले आत्महत्या प्रयास गरेको हुनसक्ने अनुमान गरेका छन्।