विवाहको दिन जीवनको खास दिनमध्ये एक हुन्छ । यसलाई लिएर मानिसहरुले सपना पनि बुनेका हुन्छन् । कपडा, गहगहना र मेकअपको तयारीमा महिनौं लगाउँछन् । दक्षिण कोरियामा आयोजित एक सामूहिक विवाह समारोहमा बेहुला बेहुलीले मास्क लगाएका छन् । कारण, कोरोना भाइरस संक्रमणको डर । यी तस्वीर दक्षिण कोरियाको राजधानी सोल नजिकैको गेप्युजिआ गुन शहरको हो । त्यहाँको युनिफिकेश चर्चमा गत साता सयौं जोडीका लागि सामूहिक विवाह कार्यक्रम राखिएको थियो । तर विवाह समारोहमा कोरोना भाइरसको डर देखियो । दक्षिण कोरियामा अहिलेसम्म २४ जनामा संक्रमण देखिएको छ । त्यसैले विवाह समारोहमा आगन्तुक मात्र होइन, बेहुलाबेहुलीसमेत मास्क लगाएर उपस्थित भएका थिए ।
केहीले भने मास्क लगाएका थिएनन् ।
समाचारमा जनाइएअनुसार विवाहपूर्व सबै जोडी र पाहुनाको मेडिकल टेष्ट गरिएको थियो । उनीहरुमा कोरोना भाइरसको संक्रमण नभएको यकीन गरिएको थियो । विहेमा सहभागी सबैलाई चर्चले नै मास्क दिएको थियो । त्यहाँ कम्तीमा पनि ३० हजार मास्क बाँडिएको समाचारमा उल्लेख छ ।
युनिफिकेश चर्चले सन् १९६० देखि यसरी सामूहिक विवाह समारोह गर्दै आएको छ र, कोरोना भाइरसको संक्रमणको क्रममा पनि यो क्रम रोकिएन ।
नेपालमा कोरोना संक्रमणको तेस्रो लहर असोज १५ देखि आउन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि...
Read More
योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हालसम्म एक लाख ५१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा गएका श्रमिक आबद्ध भएका छन् । दुई महिनाअघि सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक...
Read More
काठमाडौंको शङ्खमूलमा आगलागी भएको छ ।दोभान पुल नजिक गाडीको वर्कसप र त्यस वरपरका पसलहरुमा आगलागीबाट क्षति पुगेको छ ।आगलागीबाट एउटा मोटर ग्यारेज, पानपसल, चियापसल, माछापसल र फलफूल पसल जलेर...
Read More
काठमाडौं : पछिल्लो २४ घण्टामा ३ हजार ३८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ६३८ नमुनाको पीसीआर परीक्षणमा २ हजार ४४८ र ६ हजार ८०...
Read More