फागुन ४ गते २०७६
चिनबाट फर्केका नेपालीले दिए सरकारलाई धन्यबाद, भने ः नेपाली हुनुमा गर्ब छ
काठमाडौँ, ४ फागुन । कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट उद्धार गरी आइतबार बिहानै काठमाडौं ल्याइएका १ सय ७५ नेपालीलाई अहिले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ।
चीनको हुबेई प्रान्तबाट शनिबार राति नेपाल वायुसेवा निगमको वाइडबडीमार्फत उनीहरूलाई स्वदेश ल्याइएको हो । त्यहाँ पुगेपछि उनीहरूले नेपाल सरकारले आफूहरूले सोचेभन्दा राम्रो व्यवस्था गरेको भन्दै खुसी व्यक्त गरेका छन्।
‘हामी समस्याबाट नै आएका हौं। सरकारले जे जति गरेको छ। हाम्रो अपेक्षाभन्दा राम्रो गरेको छ,’ क्वारेन्टाइनमा रहेका पीएचडीका विधार्थी अशोक साहले भने, ‘साबुन, पानी , बेड, चप्पल सबै अलग अलग दिइएको छ। हामी व्यवस्थापनबाट सन्तुष्ट छौं।’
अर्का एक विद्यार्थीले आमाको न्यानो काखमा अवतरण गराएकोमा नेपाल सरकारलाई धन्यवाद दिएका छन्।
आइतबार बिहान ४ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनीहरूलाई त्यहीं स्वास्थ्य जाँच गरेपछि मात्रै ६ वटा बसमा राखेर खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा पुर्याइएको हो ।
कोरोना भाइरस संक्रमणका लक्षण १४ दिनमा देखिने भएकाले उनीहरूलाई क्वारेन्टाइन अर्थात् परिवारलगायत अन्य स्वस्थ मानिसको सम्पर्कबाट टाढा सुरक्षित स्थलमा राखिएको हो।
क्वारेन्टाइनमा उनीहरुलाई चार वार्डमा राखिएको छ। उनीहरुलाई बिहानको खाजा दिइसकिएको छ। एक कोठामा तीन बेड राखिएका छन्। एकअर्कासँग बोल्न दिइएको छ तर बाहिर ननिस्कन भनिएको साहले बताए।
एयरपोर्टबाट बिहान बसमा चढाउनुअघि सबैको स्वास्थ्य जाँच गर्दा सामान्य पाइएपछि क्वारेन्टाइनमा लगिएका उनीहरुको क्वारेन्टाइनमा भने अहिलेसम्म थप चेकजाँच भएको छैन।