चैत्र १ गते २०७६
नेकपा गण्डकीले थाल्यो कोरोना बिरुद्ध सचेतना, मुख्यमन्त्री बाडे जनतालाई पर्चा
पोखरा, चैत्र १ ।
बिस्व महामारीको रुपमा देखा परेको कोरोना भाईरस बिरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकीले एक महिने सचेतना अभियान सुरु गरेको छ ।
एकैचोटी गण्डकी प्रदेशका सबै जिल्ला तथा वडास्तर सम्म कोरोनाबाट बच्न अपनाउनुपर्ने बिधीका बारेमा सचेतना सुरु गरीएको हो । पोखराको मानवअधिकार चोकमा गण्डकी प्रदेशका मूख्यमन्त्री तथा नेकपा गण्डकीका ईन्चार्ज पृथ्वीसुब्बा गुरुङले सचेतना पर्चा बिरतरण गरेर अभियान सुरु गर्नु भएको हो । कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष कृष्ण थापा, सचिव बशानसिंह तमु, महानगर पार्टीका अध्यक्ष दिपक पौडेल, सचिव बिस्व प्रकाश लामिछाने लाई पर्चा हस्तान्तरण गरिएको थियो । पार्टीले प्रदेशका सबै मानिसहरुलाई सचेत गराएर महामारी बाट जोगाउने अभियान सुरु गरेको सो अबसरमा कास्की जिल्ला अध्यक्ष कृष्ण थापाले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रदेश ईन्चार्ज तथा मुख्यमन्त्री गुरुङले पार्टी र जनता बिचको संबन्ध पुर्नताजगी तथा कोरोना बिरुद्ध सामुहिक प्रयत्नका लागि अभियान सुरु गरिएको बताउनु भयो । संक्रमणले कसैलाई पनि नछोड्ने भएकाले समयमै सचेत हुने उहाँले सबैलाई आग्रह गर्नुभयो । यसैबिच प्रदेश सरकारले पनि कारोना भित्रन नदिन आबस्यक तयारी पुरा गरेको जनाएको छ । पत्रकार सम्मेलनका आयोजना गरेर प्रदेशका नाकाहरुको हेल्थ डेक्स स्थापना गरिएको बताएको हो । अति आबस्यक बाहेक यात्रामा नजान सरकारले आग्रह गरेको छ । कोरोना भाईरसका कारण बिस्व स्वास्थ्य संगठनले बिस्व महामारी घोषणा गरेको छ ।