चैत्र ५ गते २०७६

जनता झुक्याउने खेल रोकिएपछि हाकिम माथि खनिए जनप्रतिनिधी

राईनास, लमजुङ । चैत्र ४ ।
स्थानिय तहमा भ्रष्टचार भैरहेको आरोप सत्तापक्ष र प्रतिपक्ष दुबैले लगाइरहेका बेला लमजुङको राईनास नगरपालिकामा भने नितिगत भ्रष्टचारको नमुना बाहिरएको छ ।
जनतालाई बितरण गर्ने कृषि, स्वास्थ्य तथा अन्य बिबिध सामानहरुको खरिदमा भ्रष्टाचार ब्यापक असन्तुलन देखा परेको हो । बिषेश गरि राईनास नगरपालिकामा नयाँ प्रसासकिय अधिकृतले जिम्मेबारी सम्हालेपछि अनियमितताको पराकाष्ट बाहिरीएको हो । यसअघि उक्त पालिकामा देब बहादुर अधिकारी प्रमुख प्रसासकिय अधिकृतका रुपमा कार्यरत थिय । किसानहरुलाई पचास प्रतिशत अनुदानमा बितरण गर्ने गरि खरिद गरिएको हाते ट्याक्टर पालिकाले खरिद गर्दा अनियमितता भएको रहस्य खुलेको छ । सोही मोडलको ट्याक्टर सार्बजनिक सुचना मार्फत कोटेशन आह्वान गरि खरिद गर्दा नगरपालिकाले यो बर्ष ४७ हजारमा ३२ थान खरिद गरेको छ भने अघिल्लो आर्थिक बर्षमा सोही साधनलाई प्रति साधन ६८ हजारको बिल भरपाई गरिएको छ । यसरी हेर्दा प्रति ट्याक्टरमा खरिद बिलमै २१ हजार फरक परेको छ । जनतालाई ६८ हजारको पचास प्रतिशत तिर्न लगाएर बितरण गरिएको थियो । यो बर्ष सोही ट्याक्टरलाई ४७ हजारको पचास प्रतिशत रकम मात्र तिर्न परेपछि किसानहरु पनि अचम्ममा परेको एक किसानले जानकारी दिए । यसरी हाकाहाकी स्थानिय तहमा भ्रष्टचार भएको नमुना सार्बजनिक भैरहदा पनि नितिगत तहमा यसको निराकारणको प्रयास भएको देखिदैन ।
यसैगरि औषधी खरिद तथा टनेल प्राीटीक खरिदमा पनि अस्वभाविक बिल पेश गर्ने परिपाटीको प्रमुख प्रसासकिय अधिकृत रामचन्द्र अधिकारीले रोक्ने प्रयास गरेका छन । उनका अनुसार केही जनप्रतिनिधहरु समेत बिल बोकेर आउने र पास गर्न दवाद दिने गरेका छन । कार्यलय प्रमुखले जनप्रतिनिधीले लगाएको गलत काम पनि गर्दीन पर्ने उनिहरुको माग रहेको अधिकारी बताउछन । प्रमुख प्रसासकिय अधिकृतले गलत बिल पास गर्न नमाने पछि बिगत ५ महिना देखि कार्यपालिकाको बैठक समेत बस्न सकेको छैन । कार्यपालिका सदस्यहरु प्रमुख प्रसासकिय अधिकृतको सरुवाको माग गरेका छन । बिना कारण सरुवा हुनुपर्ने कारण नभएको स्रोेत बताउछ । पालिकामा भएको अनियमितताको छानबिन गर्ने निकाय फितलो भएका कारण जनप्रतिनिधिहरुको मनोबल बढेको बताइएको छ ।