चैत्र १० गते २०७६

काठमान्डौमा कोरोना संक्रमित भेटिएको पुष्टी ,

काठमान्डौमा कोरोना संक्रमित एक जना विरामी फेला परेका छन् । सोमबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सोमबार पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति काठमाडौंमा फेला परेको जानकारी दिएका हुन् । फ्रान्सबाट काठमाडौं आएका नेपाली नागरिकमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।