चैत्र १० गते २०७६
गण्डकी प्रदेश लकडाउन, अतिआबस्याक बाहेक सबै सेवा बन्द
गण्डकी प्रदेशमा लक डाउन गरिएको छ ।
भोलिबाट लागू हुनेगरी एक हप्तासम्म प्रदेशका सबै नाका बन्द गर्ने निर्णय गरेको छ ।
कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा गठीत उच्चस्तरीय निर्देशक समितिको सोमबार बसेको बैठकले प्रदेश भित्रिने नाकाहरुमा रोक लगाएको हो ।
अत्यावस्यकीय उपभोग्य वस्तुहरुको बाहेक अन्य आवतजावतमा रोक लगाउने निर्णय गरेको हो ।
अत्यावश्यक बाहेकका सबै सवारीसाधन र व्यक्तिलाई प्रदेशको क्षेत्रभित्र प्रवेश निषेध गरिएको गण्डकी प्रदेश स्वास्थय निर्देशनालयका प्रमुख डा। विनोद विन्दु शर्माले बताए ।
गण्डकी प्रदेश प्रवेश गर्ने नाकाहरू त्रिवेणी, दाउन्ने, गैडाकोट, राम्दी, आरुघाँट, कोराला लगायत नाकामा प्रवेश निषेध गरिएको हो ।
यसैगरी अर्को सूचना जारी नहुन्जेल सम्मका लागि उद्योग, कल काराखाना, सार्वजनिक यातायात, शिक्षा लगायतका सेवा बन्द गर्ने निर्णय समेत बैठकले गरेको छ ।
गण्डकी प्रदेशमा कुनै संक्रमित व्यक्ति भेटिए उपचारका लागि पोखराको लेखनाथ स्थित लेखनाथ सामुदायिक अस्पतालमा साठी शैयाको अस्पताल तयारी अवस्थामा राखिएको डा। शर्माले बताए ।
पोखराका निजी तथा सरकारी ५० शैयाभन्दा माथिका अस्पतालमा न्यूनतम ५ बेड आइसोलेसन वार्ड तत्काल स्थापना गर्ने निर्णय गरिएको उनको भनाई थियो । साथै हालका लागि अस्पतालहरुमा दिईँदै आएको ओपीडी सेवा समेत बन्द गरिएको जनाईएको छ ।