चैत्र १३ गते २०७६

नेकपा राईनासको स्वास्थ्य स्वयंसेवक दल गठन, नगरपालिकाले गर्योे यस्तोे र्निणय

राईनास, लमजुङ
लमजुङको राईनासमा २५ सदस्यीए स्वास्थ्य स्वयंसेवक दल र्निमाण गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) राईनास नगरकमिटीले अध्यक्ष अबिरल न्यौपानेको संयोजकत्वमा स्वयंसेवक दल गठन गरेको जनाइएको छ ।
बिस्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना नियन्त्रणका लागि तथा बिरामीहरुलाई आबस्यक सहयोग गर्नका लागि दल गठन गरिएको न्यौपानेले जानकारी दिए । राईनास नगरपालिकाले पनि कोरोनो नियन्त्रणका प्रयास जारी राखेको बताइएको छ । अहिले राईनास भरी बिदेश बाट आएका वा संक्रमणको संका लागेको ब्यात्तिहरुलाई क्वारेन्टाईनमा राख्ने काम भैरहेको बताइएको छ । संक्रमण फैलन नदिन पालिकाले आबस्यक सर्तकता अपनाएको मेयर सिंह बहादुर थापाले जानकारी दिए । स्वास्थ्य उपकरण तथा औषधी खरिदका कार्य पनि गरिएको र पालिका भित्रका बिरामी बोक्ने एम्वुलेन्स चालकहरुको पनि स्वास्थ्य बिमा गरिएको छ । कोरोाना राहत कोष स्थापना गरिएको छ भने जिल्ला राहत कोषमा पालिकाले पनि आर्थिक सहयोग गरेको बताइएको छ ।
कार्यपालिको बैठक बसेर कोराना नियन्त्रणका लागि सबैले पहल गर्ने र्निणय गरिएको प्रमुख प्रसासकिय अधिकृत रामचन्द्र अकिारीले बताए । मास्क, औषधी तथा एम्वुलेन्सको ब्यबस्था मिलाएको उनले जानकारी दिए । पालिका भित्र कोरोना उपचारका क्रममा स्वास्थ्य कर्मिको मृत्यु भएको ११ लाख क्षतिपुर्ति उपलब्ध गराउने र्निणय पनि पालिकाले गरेको छ ।
अहिले मानिसहरुको बसोबास गाऊमा बढेको छ । बिदा तथा लकडाउनका लागि शहरमा बसेका मानिसहरु सुरक्षित महशुस गरि गाऊ फर्किएका छन ।