पोखरा, चैत्र १३ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ कोरोना नियन्त्रणका लागि कीटनासक स्पै लिएर सडकमा उत्रिएका छन । पोखरा महानगर कार्यलय अगाडी बाट उनले न्युरोडको भाटभटेनि सम्म एक जना सुरक्षा गार्ड मात्र लिएर किटनासक औषधी छरेका हुन । कोराना भाईरसका कारण देश नै लकडाउन भएको अबस्थामा संभावित क्षेत्रहरुको पहिचान गरि महानगर क्षेत्रभित्र कीटनासक औषधी छर्न कार्य आरभ्भ गरिएको हो । पोखरा महानगरपालिका कार्यलयका मेयर मान बहादुर जि.सि. ले पनि किटनासक औषधी छर्किएको थिए । कोरोना नियन्त्रण तथा आबस्यक उपचारका लागि सबै हर्कत प्रयोग गरिएको सो अबसरमा मुख्यमन्त्री गुरुङले जानकारी दिए । उपचारका लागि आबस्यक पर्ने औषधी तथा उपकरणहरु पनि उपलब्ध हुदै गईरहेको र जनताले पनि लकडाउनलाई पुर्ण साथ दिएको उनको भनाई थियो अत्याबस्यक बस्तुहरुको आपुर्तिका संबन्धमा पनि आबस्यक सक्रियता जारी रहेकोले आत्तिन पर्ने अबस्था नभएको उनले सो अबसरमा जानकारी दिए । जनतालाई सुरक्षीत अबस्थामा पुर्याउने दायित्व राज्यको हुन्छ । राज्य कृयाशिल र संबेदनशिल छ ः मुख्यमन्त्री गुरुङले भने । पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जि.सि. ले अत्याबस्यक बस्तुको उपलब्धतामा कुनै शंका नगर्न सबै नगरबासिकलाई आग्रह गरेका छन । ग्यास तथा खाद्यन्न बितरणमा पनि आबस्यक तयारी गरिएको उनको भनाई छ । केही समस्या भए संबन्धीत निकायमा जानकारी गराउन र जानकारी गराउदा पनि संबोधन नभए महानगरमा सम्पर्क गर्न उनले सबैलाई आग्रह गरेका छन ।
सन्तोष तिमिल्सिना दोहा कास्की आदर्शको चाहना सभ्य र समृद्ध समाजको स्थापना”भन्ने मुल नाराका साथ सन्: २००२ जुलाई २६ मा स्थापना भएको सस्था कास्की आदर्श समाज कतार ले १९ औ...
Read More
ठेक्का र खरिदका सम्बन्धमा मन्त्रिपरिषद्बाट निर्णय गराई भ्रष्टाचार गर्ने प्रवृत्ति बढेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यसमा सुधार गर्न सरकारसँग आग्रह गरेको छ। छानबिनमा सहज हुने गरी मन्त्रिपरिषद्बाट हुने...
Read More
काठमाडौं:नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । बुधबार दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको स्थायी कमिटी सदस्य वर्षमान पुनले जानकारी दिए । उनका अनुसार बैठकमा...
Read More