चैत्र १५ गते २०७६
चिन पछि भारतले पनि गर्यो सहयोग प्रस्ताव
१५ चैत, काठमाडौं । भारतले कोरोना कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई सहयोग गर्न प्रस्ताव गरेको छ ।भारतको सशस्त्र बल चिकित्सा सेवा ९एफएमएस० का महानिर्देशक लेफ्टिनेन्ट जनरल अनुप बेनर्जीले शुक्रबार नेपाललाई सहयोग गर्न तयार रहेको बताएका हुन् ।
बेनर्जीलाई उदृत गर्दै द हिन्दुले लेखेको छ, ‘कोरोना नियन्त्रणका लागि छिमेकी मुलुकलाई सहयोग गर्ने प्रयास स्वरुप भारत र्यापिड रेस्पोन्स टिम ९आरआरटी० नेपालमा पठाउन तयार छ ।छिमेकी देशहरुमा आवश्यकताअनुसार पूर्वाधार विकास र दक्ष जनशक्ति पनि सहयोग गर्न सकिने उनले उल्लेख गरेका छन् ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि सहयोग प्रस्ताव आएको स्वीकार गरे ।
तर नेपाललाई अहिले आरआरटीभन्दा पनि उपचारका लागि स्वास्थ्य उपकरण आवश्यक भएको बताएका छन् । उनले अनलानखबरसँग भने, ‘सहयोग प्रस्ताव आएको छ र हामी कुरा गर्दैछौं । हामीले स्वास्थ्य सामग्रीमा जोड दिएका छौं ।’
अहिले नेपालमा संक्रमितहरुको स्क्रिनिङ गर्ने क्रममै रहेकाले उपचारको टिमभन्दा पनि अत्यावश्यक सुरक्षा सामाग्री र उपकरणहरु आवश्यक रहेको सरकारले बताएको छ । त्यसका लागि आजै नेपाल वायु सेवा निगमको एउटा विमान चीन जाँदैछ ।
नेपाली सेनाका एक उच्च अधिकृतले पनि अहिले नेपालको स्थिति नियन्त्रणमै रहेको बताउँदै भारतबाट टोली आवश्यक नभएको बताएका छन् । उनले भने, ‘अहिलेको स्थितिलाई नियन्त्रणमा लिन हामी आफैं तयार छौं, आवश्यक सबै पूर्वतयारीहरु गरिएका छन्