चैत्र १५ गते २०७६

देशमा अभाव भएको पिपिइ सेट पोखराका महिलाले र्निमाण गरे । डाक्टरहरु बिचमै खोसाखोस


चैत १५, २०७६

कोरोना महामारीका कारण अहिले नेपालमा चिकीत्सक तथा सुरक्षमा खटिने सुरक्षाकर्मि,पत्रकार तथा मेडिकल टिम नै असुरक्षीत रुपमा काम गर्न परिरहेको छ । माक्स, सुरक्षाका लागि प्रयोग हुने पिपिइ बजारमा अभाव छ ।

देशभर हरेक बर्ष सिलाईको तालिम सरकारले गरिरहेको हुन्छ । तर सिकेको ब्याक्तिहरुले के कसो गरिरहेका छन भन्ने कुराको अनुगमन भने हुदैन । तर पोखरा महानगरपालिका वडा नं ५ का महिलाहरुले भने वडाले दिएको तालिम पछि सामुहिक गार्मन्ट उद्योग खोलेर काम गरेका छन । त्यति मात्र होईन अहिले उनिहरुको सिप देशमा हाहकार मच्चिएको माक्स र पिपिई सेट बनाउन प्रयोग भएको छ । महिलाहरुले पिपिई बनाउन थालेपछि चिकित्सकहरुले सयौको संख्यामा पिपिइ र मास्क अर्डर गरेका छन । प्रसासनले पनि उनिहरुले बनाएको माक्स किनेर लान थालेको छ । तर लकडाउनका कारण कच्चा पदार्थ अभाव हुने भएकाले माग बमोजिम उत्पादनमा भने समस्या भएको वडा सदस्य अन्जु के.सि. ले जानकारी दिनुभयो । महिलाहरुलाई घरबाट निस्कन पनि समस्या छ, अर्को तर्फ कच्चा पदार्थको अभाव छ ः उहाले भन्नुभयो । अतिआबस्यक चिजको बन्दोबस्तका लागि सरकारले उपयुक्त बाताबरण र्निमाण गर्न सके बिदेशीले कहिले पठाउछ भनेर कुर्न नपर्ने उहाँको भनाई छ ।
गार्मेन्ट उद्योग वडा नम्बर ५ को सहयोगमा खुलेको हो। सुरुमा २ लाख रुपैयाँ अनुदान वडाले उपलब्ध गराएको थियो। महानगरले पनि ४ लाख सहयोग गरेको छ भने ५ हजारका दरले महिलाहरुले पनि लगानी गरेका थिए। सुरुमा वातावरणमैत्री झोला उत्पादन गर्ने गरी खुलेको गार्मेन्टले सिजन अनुसारका सामग्री बनाउन थालेका छन्। जसका कारण उनीहरुले मनग्य आम्दानी पनि गरेका छन् भने राज्यलाई पनि संकटका बेला सहयोग पुगेको छ।