चैत्र १५ गते २०७६
गण्डकी प्रदेश सरकारले बनायो १५ करोडको कोराना कोष, सहयोग गर्ने क्रम जारी
पोखरा चैत्र १५ ।
बिस्व महामारीको रुपमा देखा परेको कोरानो भाईरस बिरुद्ध लड्न गण्डकी प्रदेश सरकारले बिभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
क्वारेन्टाईन बेड, उपचार गर्ने अस्पताल तथा किटनासक औषधी छर्कने जस्ता काममा सरकारले अग्रसरता देखाएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान लाई कोराना उपचार अस्पतालको रुपमा बिकास गर्ने र सोही अनुसार उपकरणको ब्यबस्थापन गर्ने कार्य आरभ्भ भैसकेको छ । हाललाई कोराना नियन्त्रणका लागि १५ करोडको कोष स्थापना गर्ने घोषणा पनि गण्डकी प्रदेश सरकारले गरेको छ ।
कोषमा गण्डकी प्रदेश सरकारका मुख्य न्यायधिबक्ता डा. राजेन्द्र घिमिरे , प्रदेश निति तथा योजना आयोगका सदस्य डा. भिमा ढुुगांनाले एक महिनाको तलव सहयोग गर्ने घोषणा गरिसक्नु भएको छ । गण्डकी प्रदेशका अर्थ तथा बिकास समितिका सभापति दिपक कोईरालाले पनि उक्त कोषमा आफ्नो १५ दिन बराबरको पारीश्रमिक दिने घोषणा गर्नेभएको छ । यसैगरि गण्डकी प्रदेशसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) लमजुङका अध्यक्ष मधु अधिकारीले पनि १५ दिन बराबरको पारीश्रमिक सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सबै नागरीकलाई घरमै बसेर सहयोग गर्न आह्वान गर्नुभएको छ ।