चैत्र १५ गते २०७६

गाऊपालिका महासंघले पालिकालाई भन्यो ः सबै तयारी गर्नु

पोखरा चैत्र १५ ।
नोवेल कोरोना भाईरस(कोविड १९) बाट बच्न गाऊपालिका महासंघले आफ्ना मातहत पालिहरुलाई सबै संयन्त्र परिचालन गर्न र्निदेशन दिएको छ ।
बिज्ञप्ती प्रकाशित गरि महासंघले बिस्व महामारी बाट जनतालाई सुरक्षीत बनाउन वडा स्तरको स्वास्थ्य सुचना केन्द्र तथा परिचालन समिति र्निमाणमा जोड दिएको छ । सुरक्षीत उपचार बिधि अपनाउन, बिदेश बाट आएकालाई अनिवार्य क्वारेन्टाईनमा राख्न र बिरामी वा रोगको लक्षण देखा परेको मानिसहरुलाई आइसोलेसनमा राख्न संबन्धीत निकायमा खबर गर्ने बलियो संयन्त्रको र्निमाणमा जोड दिइएको छ । त्यसैगरि संभावित महामारी बाट जोगिन गरिएको प्रयास प्रदेश तथा संघिय सरकारका निकायहरुमा पनि नियमित अपडेट गराउन पनि भनिएको छ ।
त्यसैगरि न्युन आय भएका परिवारहरुको लगत तयार गरि नियमित खानपानको ब्यबस्था मिलाउन पनि र्निदेश गरिएको छ । बिपद ब्यबस्थापन कोष तयार गरि दैनिक उपभोग्य बस्तुहरुको उपलब्धताका लागि सुरक्षा निकाय र निजि क्षेत्र संग पनि समन्वय गर्न अनुरोध गरिएको छ । ममहासंघका अध्यक्ष होम नारायण श्रेष्ठ र महासचिव बंशलाल तामाङले संयुक्त रुपमा हस्ताक्षरित बिज्ञप्तीमा स्वास्थ्य सामाग्रीको उपलब्धताका लागि पनि संघिय सरकार संग अनुरोध गरीएको छ ।