चैत्र १६ गते २०७६

राईनासमा बन्यो १३५ शैयाको क्वारेन्टाईन,७४० भित्रिए

राईनासमा बन्यो १३५ शैयाको क्वारेन्टाईन

राईनास, लमजुङ ।चैत्र १६
महामारीको रुपमा देखा परेको कोविड १९(नोवल कोरोना) भाईरस बाट बच्ने पुर्ब तयारी स्वरुप लमजुङ को राईनास नगरपालिकाले पनि १३५ शैयाको क्वारेन्टाईन र्निमाण गरेको छ ।
५ वटा एम्वुलेन्स पनि तयारी अबस्थामा राखेको राईनास नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत रामचन्द्र अधिकारीले जानकारी दिए । संभावित जोखिमलाई मध्यनजर गर्दे प्रत्येक वाडमा १० वटाका दरले क्वारेन्टाईन वेड र्निमाण गरिएको हो । वडा नं ९ र ८ मा भने २० र १५ वेडको क्वारेन्टाईन र्निमाण गरिएको छ । राईनासभित्र पछिल्लो केही दिनमा बिभिन्न मुलुकहरु बाट आएका नागरीकहरुको पनि पहिचान भैसकेको र उनिहरुलाई पनि क्वारेन्टाईनमा राख्ने काम सुरु भएको मेयर सिंह बहादुर थापाले जानकारी दिए । बिस्व महामारी बाट जोगिन अपनाउनु पर्ने प्रमुख सावधानि भनेकै घर बाट बाहिर ननिस्कनु हो । आपत आईलागे, रोगको लक्षण देखा परे स्वास्थ्य संस्थामा गई जचाउन र ब्यबस्था गरिएको एम्वुलेन्सलाई सम्पर्क गरि सेवा लिन मेयर थापाले नगरवासिलाई आग्रह पनि गरेका छन । काम छ भनेरर धेरै जना सम्पर्क नबस्ने उनले अनुरोध गरको छन ।
हालै बिदेशबाट आएका २ जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनिहरुको अबस्था सामान्य रहेको बताइएको छ । नगरपालिकाको समन्वयमा ५ वटा एम्वुलेन्सको ब्यबस्था गरिएको जनाइएको छ । कडरीया प्रतिष्ठान ९८५६०४६५२०,सहोदर अस्पताल ९८१४१२८३५,रेडक्रस धमिलीकुवा,९८४६७२१७३९,सातबिसे ९८६६०२६०३० राईनासकोट ९८६६३५३८८२ नम्वरका एम्वुलेन्सलाई खबर गर्न सकिने बताइएको छ । तर स्थानिय जनता तथा वडाअध्यक्षहरुको भनाई अनुसार एम्वुलेन्स चालकहरु बिरामी लिन जान मानेका छैन । बेशिशहर बाट एम्वुलेन्स बोलाउन पने अबस्था आएको स्थानियको गुनासो छ । पालिकाले एम्वुलेन्स चालकहरुको बिमा समेत गरेको छ भने कोरोना संक्रमण भएको क्षतिपुर्ति दिने घोषणा पनि गरेको छ । पछिल्लो जानकारी अनुसार हालसम्म राईनास भित्र ७ सय ४० जना मानिसहरु बाहिर बाट आएका छन । उनिहरुको अबस्थाको निगरानि गर्न वडा कार्यलयलाई र्निदेशन दिइएको छ ।