चैत्र १६ गते २०७६
प्रदेशबासीलाई मुख्यमन्त्री गुरुङको आग्रह ः तपाई घरमा बस्नुस, बाहिर हामी छौ
पोखरा, चैत्र १६ । माधब पनेरु ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नोवल कोराना भाईरस नियन्त्रणका लागि उपलब्ध स्रोत र साधनको अतिकतम प्रयोग गर्ने गरि प्रदेश सरकार लागिरहेको बताउनु भएको छ ।
एक समाचार एजेन्सी मार्फत मुुख्यमन्त्री गुरुङले प्रदेश सरकार र प्रदेश अन्र्तगतका सबै स्थानिय तहले कोरोना नियन्त्रणको प्रयास स्वरुप आबस्यक पर्ने संरचनाहरुको र्निमाण गर्ने कार्य गरिरहेको प्रदेशबासीलाई जानकारी गराउनुभएको छ । कोरोना नियन्त्रणको पहिलो प्रयास नै घरमा बस्ने, सामाजिक दुरी कायम गर्ने र स्वास्थ्यका नियम पालना गर्नु भएको भन्दै उहाँले प्रदेशबासीलाई लकडाउन भित्र बाहिर ननिस्कन आग्रह गर्नुभएको छ । उहाँले भन्नु भयो ः तपाई भित्र बस्नुस, हामि बाहिर छौ । सरकार कृयाशिल छ र आबस्यक उपकरणको जोहो गर्ने क्रममा रातदिन लागिरहेको उहाँको भनाई छ ।
गण्डकी प्रदेशमा पनि कोरोना जाँच गर्ने ल्याव र्निमाण र निजि तथा सामुदायिक अस्पतालहरुलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने बिषयमा नितिगत र्निणय गरिदिन संघ सरकारलाई आग्रह गरिएको उहाँले सो अबसरमा जनाकारी दिनुभयो ।
नीति बन्यो भने हामीलाई सहज हुन्छ । सरकारी, निजी, सामुदायिक सबै अस्पतालमा आइसोलेसनको व्यवस्था छ । प्रत्येक जिल््ला अस्पतालमा तीनदेखि पाँचवटा आइसोलेसन वेड स्थापना गरिएको उहाँले जानकारी दिनुभयो । मणिपाल शिक्षण अस्पतालमा १५ गण्डकी मेडिकल कलेजमा १५, जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रमा ३०, लगायत अन्य अस्पतालमा गरी एक सय बेडको आइसोलेसन वार्ड पोखरामै र्निमाण गरिएको बताइएको छ ।
जोखिम बहन भत्ताको पनि व्यवस्था गरेका उहाँले बताउनुभयो । केन्द्र सरकारले तोकेकोमा हामीले २५ प्रतिशत थपेर दिने निर्णय गरेको उहाँको भनाई छ ।