चैत्र १७ गते २०७६
चिनमा मेसिनले लेख्छ समाचार !
चैत्र १६ । माधब पनेरु ।
पछिल्लो महामारीले बिस्व मानचित्र नै बदल्ने आंकलन सुरु भएको छ ।
पछिल्लो तिन महिनामा बिष्लेशकहरुले चिन सकियो भनेका थिए । अहिले बिष्लेषकहरु युरोप र अमेरीकालाई त्यही तहमा राखेर छलफल गर्न थालेका छन । युरोपको संकट निराकारणको बाटोमा छैन । अझै केही समय युरोप र अमेरीकाले कोरोना संकटमा पार लगाउन समय खर्च गर्नुपर्ने कुरा निश्चीत छ । तर कोरोना महामारीको टुंगो अहिलेनै लगाउन नसकेपनि बिस्व ईतिहासमा अब नयाँ संकट समाधानको उपाय जसले अपनाउन सक्छ , ऊ नै बिस्व शत्तिमान हुनेछ । सजिलो बाटोबाट जसरी चिनले यो समस्या समाधानमा आफुलाई एक नम्वरमा राख्यो, त्यसरी नै अन्य देशहरुले संकट निराकारणका उपायहरु अपनाउन नसक्नु, नचाहनुले संकट उन्मुख हुनु नै हो ।
बिस्वको करिव २ सय देशमा फैलिएको नोवल कोरोना भाईरसले हालसम्म नेपाल जोगिएकै हो । यसमा नेपालले मात्र अबलम्वन गरेको निति भन्दा पनि अरु देशले अपनाएको सरक्षा निती प्रधान छ । तर पछिल्ला दिनहरुमा छिमेकी देश भारत र अन्य देशबाट नेपाल आएकाहरु बाट संक्रमण देखिन थालेपछि स्थिती नियन्त्रणमा छैन भन्ने कुरा सामान्य रुपमा बुझ्न सकिन्छ ।
संक्रमणले महामारी रुप लिनु भन्दा पुर्ब नेपाली सुरक्षाकर्मि, स्वास्थ्य कर्मि र पत्रकारहरुको सुरक्षाको प्रश्न उठेको छ । लकडाउनले आम मानिसहरु घरमा बस्न बाद्य छन । तर अत्याबस्यक सेवाहरुमा खटिने अथवा सुरक्षाकर्मि, स्वास्थ्यकर्मि र पत्रकारहरुको सुरक्षा अहिलेको अबस्थामा हामिले गर्न सक्ने देखिएको छैन । अहिलेसम्म नेपालमा सुरक्षा किट प्रयोग गरेर उपचारमा संलग्न हुने परिपाटी समेत बसेको रहेनछ । पिपिई प्रयोग समेत नहुने नेपालमा सुरक्षीत उपचार र सुरक्षीत रिपोर्टीङमा बिस्वस्त हुन सकिएको छैन ।
छिमेकी देश चिन बाट सुरु भएको कोरोना अहिले बिस्वको २ सय देशहरुमा फैलिसकेको छ । महाशत्तिराष्ट्र अमेरीका पनि यसको चपेटाबाट मुक्त हुन सकेको छैन । चिनले संक्रमण नियन्त्रण गरिसकेको छ । चुनौति नेपालमा पनि छ । चिनले प्रबिधिमा अत्याधिक बिकास गरेका कारण नै यो संक्रमण नियन्त्रणमा ल्याउन चिन सफल भएको हो । लकडाउनको बेला चिनले ड्रोनको प्रयोग गरेर घर घरमा औषधी तथा खोनकुराहरु पुर्याएको थियो । मिडिया हाउसमा आफै सुचना संकलन गरेर प्रसारण गर्ने रोबोर्टहरुको प्रयोग गरिएको थियो । प्रबिधिको अत्याधिक प्रयोग गर्न अहिले हामि सक्दैनौ । त्यसैले न्युनतम मिडिया हाउस सञ्चालनका लागि चाहिने म्यानपावर ब्यबस्थापन गरि उनिहरुलाई पनि स्वास्थ्य सुरक्षाको प्रत्याभुति दिनुपर्ने काम राज्यको दायित्व भित्र पर्छ । तर बिभिन्न राहत कार्यक्रमहरु घोषणा गरिरहदा पत्रकारीताका संबन्धमा राज्य मौन छ । मिडिया हाउस नचलेपनि हुन्छ भन्ने मान्यताले काम गरेको जस्तो देखिन्छ ।