चैत्र १७ गते २०७६
गण्डकी प्रदेश सरकार द्धारा नियुक्त पदाधीकारीहरु द्धारा एक महिनाको पारिश्रमिक सहयोग
पोखरा ,चैत्र १७, ।
बिस्व महामारीको रुपमा फैलिएको संभावित जोखिम न्युनिकरणका लागि प्रदेश सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा मा सहयोग आउने क्रम जारी छ ।
यसैबिच प्रदेश सरकारले नियुक्त गरेका ब्याक्तिहरुले पनि एक महिनाको पारिश्रमिक कोषमा जम्मा गर्ने घोषणा गरेका छन । पारिश्रमिक बराबरको सहयोग गर्नेहरुमा गण्डकी बिस्वबिद्यालयका प्रा.डा गणेशमान गुरुङ , प्रदेश निती तथा योजना आयोगका उपाध्यक्ष डा. गिरीधरी शर्मा उपाध्यक्ष,मुख्य न्यायाधिवक्ता डा.राजेन्द्र घिमीरे , मुख्यमन्त्रीको राजनीतीक सल्लाहकार गोविन्द बहादुर नेपाली, प्रदेश निती तथा योजना आयोग का सदस्य बिष्णुराज बराल र डा.भिमा ढुङगाना सदस्य ,गण्डकी प्रदेश पर्यटन भ्रमण बर्षका संयोजक डा.जुद्द गुरुङ , प्रदेश प्रशासनीक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋीषीराम पाण्डे , ताल विकास प्राधीकरणका प्रमुख डा.अनुप गुरुङ
मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम स्वकिय सचिव सुर्यप्रसाद गुरुङ,निजि सचिव एलीना गुरुङ रहेका छन । कोषमा यसअघि बिभिन्न सामाजिक संघ सस्था तथा प्रदेशसभाका सदस्य, मन्त्रीपरिषदका सदस्यहरुले पनि सहयोग गरेका छन । कोरोना नियन्त्रणका लागि मुख्यमन्त्री गुरुङ आफै फिल्डमा खटिएर आबस्यक र्निदेशन, सहयोग तथा समन्वयका कामहरु गरिरहेको स्रोतले जनाएको छ । कोरोनाका कारण अहिले बिस्व संकटमा छ । सरकारले जनताका लागि राहत सहित औषधी उपचारको ब्यबस्था गर्ने घोषणा गरिसकेको छ । कोरोना उपचार कोषमा हाल सम्म ४० लाख जम्मा जम्मा भैसकेको छ ।