चैत्र १७ गते २०७६

कोरोना टेष्ट अब गण्डकी हस्पीटलमा

चैत्र १७ । पोखरा ।
गण्डकी प्रदेशको राजधानी पोखरामा रहेको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान(गण्डकी हस्पीटल)मा भोलीबाट संभावित कोरोना भाईरसको परिक्षण सुरु हुने भएको छ । नेपाल सरकारको सहयोगमा गण्डकी प्रदेश सरकारको पहलमा लामो प्रतिक्षा पछि पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कोरोना भाइरस(COVID-19) टेस्ट को portable RT-PCR बाट परिक्षण सम्भबत् भोलिबाट नै शुरु हुने बताइएको छ।

१)यो मसिनबाट कोरोना भाइरसको परिक्षण मात्र ३ घण्टामा हुनेछ।
२)दक्ष प्राबिधिक टोलिसहित मसिन आज राति नभए पनि भोलि बिहान सम्ममा आइ पुग्ने छ ।बिज्ञ टोलिमा पोखरामा रहेका प्राबिधिक समेत सामेल भएर परिक्षणमा सहभागि हुनेछ।
३)यसबाट ३ घण्टा भित्रैमा पोजेटिभ/नेगेटिभ रिजल्ट आउनेछ।यस परिक्षणबाट स्वाब टेस्ट गरिएका ब्यक्ति संक्रमित भए नभएको पुष्टि हुनेछ।
४)यो मसिन WHO ले सर्टिफाइड गरेको नभए पनि चिनिया सरकारबाट पास भई संसारका बिभिन्न देशमा प्रयोग भईसकेको र हेण्डल गर्न सजिलो प्रबिधि पनि भएकोले हाम्रा प्राबिधिकले पनि प्रयोग गर्न सक्ने बुझिएको छ।
५)बिज्ञ टोलिमा बलराम गौत्तम,श्रीराम बास्तेला र रोजी पाण्डे हुनुहुन्छ।