चैत्र २० । राईनास, लमजुङ कोरोना भाईरसका कारण सरकारले आह्वान गरेको लकडाउनका कारण समस्यमामा परेकालाई खाद्यान्न सहज बनाउनको लागि राईनास नगरपालिकाले पनि वडास्तरको आपुर्ति समिती गठन गरेको छ । प्रत्येक वडाका वडाअध्यक्षको संयोजकत्वमा ५ सदस्यिए समिति गठन गरिएको नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत रामचन्द्र अधिकारीले जानकारी दिए । यो बेला हुन सक्ने खाद्यान्न संकट तथा दैनिक ज्यालादारी मजदुरहरुलाई पर्ने सक्ने समस्याको बारेमा पहिचान गरी सोही बमोजिम ब्यबस्था मिलाउने गरि समिति र्निमाणको काम भएको मेयर सिंह बहादुर थापाले बताए । यस अघि मेयर थापाले नगरबासीको नाममा सार्बजनिक अपिल मार्फत कोरोना नियन्त्रण तथा उपचारको लागि आबस्यक संरचना र्निमाण गरिसकीएको जानकारी दिएका थिए । कोरोनाका कारण त्रासमा होईन सावधानिमा जोड दिन, सन्तुलित भोजन गर्न र घर बाहिर ननिस्कन उनले अपिल गरेका हुन । कतिपय ज्वरोका बिरामी पनि कोरोना त्रासका कारण उपचार नपाउने अबस्था आउनसक्ने तर्फ आफु सचेत रहेकोले कोही कसैलाई कुनै समस्या परेका नगरप्रमुखको हैसियतले आफु जतिबेला पनि सेवा गर्न तयार रहेको थापाले जोड दिएका छन । पालिकाले यसअघि क्वारेन्टाईन र बेशिशहरमा र्निमाण गरिएको उपचार केन्द्रमा सहयोग गरेको छ । पालिकामा बाहिर बाट आएका नागरीकहरुको पनि लगत तयार गरि निगरानी गरिएको र संकास्पद ब्याक्तिलाई क्वारेन्टाईन र आईसोलेसनका लागि समेत पठाएको उनले बताए । परिक्षण गरिएको केहीको रिपोर्ट नेगेटिभ आएको पनि थापाले जानकारी दिए ।
सुन्दरबजार नगरपालिकास्थित सिउँडीबार क्षेत्रमा आज बिहान ६ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा ९कर्फ्यु० जारी गरिएको छ । सुन्दरबजार–९ स्थित मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा फ्युचर स्टार आवासीय मावि कक्षा १० मा...
Read More
पोखरा, ड्राईभिङ्ग स्कुल संघ , गण्डकी प्रदेशले आफ्ना प्रशिक्षकहरुलाई कोरोना बिरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङ्ग संग संघले...
Read More
पोखरा,पोखरा महानगरपालिका वडा नं १४ मा रहेका शहिद स्मृति आबासिय मा.वि.मा रहेका बिद्यार्थिहरुलाई खोप लगाइएको छ ।माओबादी जनयुद्धका क्रममा शहिद,बेपत्ता तथा घाईते भएका परिवारका बालबालिकालाई पढाउने उद्धेश्य स्वरुप स्थापना...
Read More
विराटनगर । नेकपा एमालेबाट निष्कासित डा. भीम रावललाई एकीकृत समाजवादीका नेता-कार्यकर्ता र विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थक तथा कार्यकर्ताले विराटनगर विमानस्थलमा स्वागत गरेका छन् । रावललाई शनिबार मध्यान्ह विराटनगर विमानस्थलमा एकीकृत...
Read More