चैत्र २१ गते २०७६

कोरोना राहत राईनासका १२३३ घर र १०३ बाहिरी मजुदुरले पाउने

चैत्र २१ , राईनास । लमजुङ
बिस्व महामारीको रुपमा देखा परेको कोरानो भाईरसका कारण गरिएको लकडाउन अबधीमा दैनिक ज्यालादारी तथा गन्तब्यमा पुग्न नसकेको मजदुरहरुलाई राहत दिने गरि सरकारले गरेको घोषणा बमोजिम १३३६ घरपरिबारले राहत पाउने भएका छन ।
यसअघि नगरपालिकाले गठन गरेको आपुर्ति समितिको सिफारीसका आधारमा प्रत्येक वडा बाट आएको सिफारीसलाई समावेश गरेर घरधुरी र्निधारण गरिएको छ । राईनासले गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको दश लाख र पालिकामा खर्च हुन नसकेका योजनाहरुको रकमान्तर हुने गरि १८ लाख बिनियोजन गरि राहत दिने र्निणय भएको राईनास नगरपालिकाका प्रमुख प्र्रसासकिय अधिकृत रामचन्द्र अधिकारीले जानकारी दिए । लकडाउनका कारण नियमित औषधी सेवन गर्नुपर्ने दिर्घरोगि तथा अशत्तलाई एम्वुलेन्स सेवा पालिकाले नै ब्यबस्था मिलाउने र्निणय पनि भएको छ ।
राहतको लागि राईनास नगरपालिकाको वडा नं १ बाट ४१, वडा नं २ बाट १०८, वडा नं ३ वाट १६०,वडा नं ४ बाट १५०, वडा नं ५ बाट ८५,वडा नं ६ बाट ३५२,वडा नं ७ बाट १३८,वडा नं ८ बाट७१,वडा नं ९ बाट १०९ र वडा नं १० बाट ४९ घरधुरी सिफारीसमा पर्ेका छन । अन्यत्र बाट मजदुरीका लागि राईनासमा आएको मजदुरको संख्या १०३ रहेको छ । सबैलाई पालिकाले ३० किलो चामल,दाल ३ किलो, नुन २ प्याकेट,खानेतेल २ लिटर र चिनी २ किलो बितरण गर्ने जनाइएको छ । पालिकाले चैत्र २२ गते बाट नै वडाहरुमा बितरणको ब्यबस्था मिलाएको मेयर सिंह बहादुर थापाले जानकारी दिए ।