चैत्र २२ गते २०७६

नेपालमा पहिलो पटक स्थानीयमा देखियो कोरोना संक्रमण

२१ चैत, काठमाडौं । नेपालमा पहिलो पटक स्थानीयमा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार तीन जना नयाँ संक्रमित भेटिएको घोषणा गरेको हो । जसमध्ये दुई जना भारतबाट आएका हुन् भने एक स्थानीय महिला हुन् । उनी यसअघि संक्रमण देखिएका पुरुषका आफन्त हुन् ।

यसअघि नेपालमा जति संक्रमण देखिएको थियो, सबै विदेशबाट आएका नेपालीहरु थिए ।

तर कैलालीमा विदेशबाट आएका संक्रमितबाट स्थानीयमा सरेको पाइएको छ । लोकल स्ट्रान्समिसन भनिन्छ, जसलाई कोरोना संक्रमणको दोस्रो चरणमा मानिन्छ ।

तेस्रो कम्युनिटी ट्रान्समिसन हो, जसले महामारीको चरणमा पुर्याउन भूमिका खेल्छ