चैत्र २२ गते २०७६
ताराखोला प्रहिलो बन्यो स्थानिय उत्पादन बितरणमा
शनिबार, चैत्र २२, बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाले सरकारको र्निदेशन बमोजिम स्थानिय उत्पादनलाई राहत बितरणमा प्रयोग गरेको छ । लकडाउनका कारण प्रभावित भएका विपन्न तथा मजदुरहरुलाई राहत दिन सुरु गरेको हो । शनिवार वडा नं १ अमरभूमिबाट राहत वितरणको काम थालिएको हो । गाउँपालिकाले स्थानीय उत्पादनै राहत सामग्री बनाएको छ । गाउँमै फलेको कोदो, मकै, फापर लगायतका खाद्यान्न गाउँमै खरिद गरेर वितरण थालिएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तिले बताए । अमरभूमिका ३३ परिवारलाई प्रति परिवार मकै वा कोदो १० पाथी , दाल २ किलो, चिनी २ किलो, तेल १ लिटर र नुहाउने तथा हातधुने सावून वितरण गरिएको छ । गाउँपालिकाले काम गर्न बञ्चित भएर दैनिक गुजारा चलाउन कठिन भएका परिवारको लगत संकलन गरेको र अन्य वडामा पनि सोही परिमाणमा राहत प्रदान गर्ने घर्तीले जानकारी दिए । वडा तहमा लगत संकलन गरेर आवश्यक मजदुर तथा विपन्न परिवारलाई गाउँमै उत्पादित खाद्यान्न उपलव्ध गराउन ६० मुरी मकै र १५ मुरी कोदो गाउँपालिकाले जुटाएको छ । ताराखोलामा धान कम फल्ने भएकाले कोदो, मकै, फापर बितरण गरेको उनले बताए ।