चैत्र २३ गते २०७६

बालबालिका को लागी पहिलो शिक्षक र पाठशालाको दाहित्व , जिम्मेवारी !!

सिकाइ का निम्ति सधै स्कुल मात्र होइन भन्ने कुरा प्रमाणित गर्ने बेला आएको रहेछ प्रकृति ले कहिले काही अनुपम उपाहार लिएर आउछ खाली कसरी प्रयोग गर्ने तरिका मात्र फरक हुदो रहेछ १५/२० दिन आफ्ना सबै परिवार को साथ् मा बस्न पाउदा आफ्ना छोरा छोरी ले घर परिवार बाट धेरै कुरा सिक्न सक्छन येदि सिकाउने कोसिस गर्यौ भने !!

असल अभिभाबाकले आफ्ना छोरा छोरी को लागि गर्न सक्ने अनि दिन सक्ने शिक्षा को उपयुक्त समय हो रहेछ मौका रहेछ छोरा छोरी लामो समय सम्म घर परिवार संग बस्न पाएको यो लामो समय हो !! यो भन्दा धेरै बिदा भएको अरु पनि बेलाहरु थिए तर त्यो बेला परिवारको कोहि न कोहि सदस्य घर बाहिर वा टाढा भएको अबस्था हुन सक्थ्यो त्यसैले यो मौकालाइ चौकाको रुपमा परिणत गर्ने मौका हो हाम्रो पहिलो संस्कार अनि समाज सिकाउने पाठशाला भनेको घर नै हो !! नेपालि मा एउटा भनाइ छ घरबाट बिग्रेको छोराछोरीलाइ कुनै पनि विद्वानले सुधार गर्न सक्दैन अब जरो नै खराब छ भने रुख राम्रो हुन सक्दैन यो सास्स्वत सत्य हो !! त्यसैले अब हामीले आफ्ना बाबु नानि लाइ असल संस्कार अनि सामाज बिकाश का कुरा हरु सिकाउने मौका हो यो !! तपाइँ बिहान भगवानलाइ पुजा पाठ गर्नु हुन्छ पुजा सकेर बाबु नानि संग पुगेर कस्तो ब्यबहार गर्नु हुन्छ एकपल्ट सम्झनुस त !! सबै ले नराम्रो त नबोल्नु होला तर अधिकांश ले बोल्ने भाषा सयाद बाबु नानि को लागि हितकारी नभएको पाहिन्छ त्यसैले कम्ति पुजापाठ गर्दा बाबुनानिलाइ संस्कार सिकाउनुस ताकि तपाइँलाइ नै आदर्श मानोस आफ्नो छोराछोरीले !!हाम्रा अधिकास बालबालिकालाइ हामिले खानपान गर्ने कुरा कहाबाट आउछ कसरी आउछ भन्ने कुरा थाहा नभएको अबस्था छ जस्तो उदाहरणको लागि (शहरी बसाइ मा बस्ने बालबालिका) दुध कहा बाट आउछ भन्यो भने पोकामा भन्ने कुरा बाबुनानिले भने भने अन्यथा हुने छैन , त्यसैले अब यति बेला घरायसी जीवनका लागि आवश्यक जीवनोपयोगी सीपसिकाउनुहोस सामान्य खानपानका कुरा अनि घरायेसी खाने कुराहरु जसले हाम्रो इम्युन शक्ति लाइ बढावा दिन्छ त्यस्ता कुरा हरु सिकाउने मौका हो !! हामीले साना साना कुरा हरु सिकाउदै लाग्ने मौका पनि हो !!

खास गरि ब्यबहारिक कुरा सिकाउने काम हाम्रो जस्तो देश को शिक्षा प्रणाली ले दिएको देखिदैन !! बिकसित देश मा बालबालिका लाइ निश्चित उमेर सम्म किताबी कुरा सिकाइदैन तर हामि त २/३ बर्षको नहुदै ५/६ किलोको भारि किताबकापी झोलामा हालेर बिधालय पठाउने काम गर्छौ त्यसैले यो बेला मा बाबुनानिलाइ ब्यबहारिक सिप ब्यबहारिक कुरा सिकाउने महत्वपुर्ण समय होहामिले गर्नु पर्ने अर्को महत्वपूर्ण कुरा भनेको हामि हाम्रो कस्तो समाज अनि संगतमा हुर्केका छौ भन्ने कुरा सिकाउनु जरुरि छ हामि ली आफ्नो घर छिमे का सबै आफन्त हरु को बारे मा बुझाउने मौका पाएका छौ सदुपयोग गर्नु जरुरी छ उनीहरुलाई आफ्ना आफन्त र छिमेकीको हुन् भनेर चिनाउनु पर्छ भोलिका दिन पनि बालबालिकाले आफ्ना सबै आफन्तलाइ चिनिरहुन !! भबिस्यमा पनि सकारात्मक प्रभाब पार्न सक्छ !!हामीले परिवारमा आफ्ना आफन्तहरु सबै आफ्ना नातेदारहरु समाज अनि उनीहरुको रहनसहन सबै कुरा हरु बुझाउने कोसिस गरौ त्यति मात्र होइन हाम्रो पिताहरु अनि हिजोका पुर्खाहरु कस्तो खालको जीबनशैली अपनाउनु हुन्थ्यो कस्तो खालको काम गर्नु हुन्थ्यो त्यस्ता कुराहरु पनि जानाकारी गर्दा बालबालिकालाइ भबिस्य प्रती अझ उर्जाशील बनाउने छ !! हाम्रो इतिहास अनि हाम्रो धरोहर को बारेमा जानाकारी प्राप्त गर्दा बाबुनानिले आफैलाइ गौरवान्वित महसुस गर्ने छन् !!हामीले सिकाउनु पर्ने अरु पनि महत्वपुर्ण कुराहरु छन् हामी कस्तो खालको धर्म संस्कार संस्कृती अपनाउछौ !! हाम्रो पुरानो परम्परा अनि हामीले आफ्नो समुदायमा मनाउने खालका स्थानिय संस्कारहरु लाइ पनि बुझ्ने गरि भन्नु पर्ने बेला हो !! हिजोका हाम्रा संस्कृतिक परम्पराहरु अहिले करिबकरिब पश्चिमा संस्कार अनि संस्कृतीले प्रभाब पारेको देखिन्छ त्यसैले हाम्रा सबै कुरा जानाकारी गर्दा उनीहरुमा आत्माबिस्वास बढ्ने छ ताकि हाम्रा पुराना गितसंगीत धर्मसंस्कारमा गर्ब महसुस होस् !!हामीले सिकाउन सक्ने कयैन कुरा हरु छन् जसले बाबुनानिको जीबनमा ठुलो परिबर्तन ल्याउन सक्छ हामीले उनीहरुलाई बिहानै उठेर आफ्नो ओच्छ्यान आफैं मिलाउन भान्छाको काम ग्यास स्टोभ बाल्न र निभाउन सिकाइदिने !! ससाना तर जान्ने पर्ने किचनमा भएका सबै भाँडाकुँडाका नाम जानाकारी होस् कम्तीमा चिया बनाउन जानोस, खाना पकाउँदा चाहिने सबै सामानको नाम अनि प्रयोग बिधि जानोस तरकारी काट्न, प्रेसर कुकरको बिर्को लगाउन, चामलमापानी अड्कल्न, नुन र चिनीको मात्रा अड्कल्न लगायत सबै कुरा जान्दा उनीहरु भोलिका दिनमा आत्मनिर्भर हुन सक्नेकुरा बिर्सनु हुदैन यी सबै कुरा सिकाउने उत्तम मौका हो सदुपयोग गर्नुस !!अहिले छोराछोरीहरु परनिर्भर हुदै गएका छन् त्यसैले उनीहरुलाई आफूले लगाएको कपडा आफैं धुन सिकाउनुहोस्।

कपडालाई मिलाएर आइरन लगाउन सिकाउनुहोस्। समाज अनुसार हाम्रा काम का प्रकृति परिबर्तन भएका छन् त्यसैले हामी आफ्नो फरक भूगोल मा कुनै काम को सिलशिला छौ भने अर्को भूगोल मा जादा सिक्नु पर्ने न्युनतम कुरा सिकाउने काम अभिभाबक ले गर्न सक्नु पर्छ त्यो नै असल अभिभाबकीय गुण हो !! हाम्रा छोरा छोरी लाइ सामान्य घरखेतका कामहरु सिकाउदा अझै उनीहरु ले अपनत्व महसुस गर्ने छन् संबभ भए सम्म सबै किताबी कुरा मात्र होइन हाम्रो प्रचलनमा भएका अनि हिजो प्रयोगमा भएका सबै कुरा सिकाउने दाहित्व निर्बाह गरेर असल अभिभाबकीय सिप प्रदर्शन गर्ने उचित मौका हो !!हामी हरेक पल्ट भन्ने गर्छौ किताब मात्र पढ त्यस्तो होइन जब अन्य काममा केन्द्रित हुन्छन नि तब अध्ययन बसेको बेला ध्यान केन्द्रित हुन सहयोगी हुन्छ यी खालका सिप सिकाउदा जीबन उपयोगी पनि हुने आत्मनिर्भर पनि हुने अनि अप्ठ्यारो बेलामा आफुले काम लगाउन पनि सकिने हुदा हामी सबैलाई फाइदा नै हुन्छ त्यसैले किताबी कुरा मात्र होइन ब्यबहारिक सिप सिकाउने मौका यो बेला प्राप्त भएको छ !! शिक्षालय मा सिके का कतिपय ब्यबहारिककुरालाइ प्रयोगात्मकरुपमा पनि सिक्ने मौका मिल्ने हुदा हामीले यो बेला अझ बढी क्रियासिल भएर अगाडी बढ्नु पर्ने छ !! यस्तो किसिमको सिकाइले बालबालिकालाई सिकाइ प्रक्रियामा सक्रिय रुपमा सहभागी बनाउँछ, उत्सुक बनाउँछ।

अनुसन्धानात्मक र अध्ययनशील बनाउँछ। सोचाइलाई बहुआयामिक बनाउँछ। समालोचनात्मक सोचको विकास गर्दछ।सबै अभिभाबकमा बाबुनानि प्रति सकारात्मक कुरा प्रबाह गर्ने सामर्थ्य मिलोस !! अस्तु

डा टेक नारायाण पौडेल

प्राचार्य

हिमालयन बोर्डिंग स्कुल पोखरा १७ घारी पाटन

९८५६०२०३२५ tekanpdl@gmail.com