चैत्र २३ गते २०७६

COVId\ 19 Positive भेटिएका ब्यक्त्तिकोनाम नखुलाएर गोप्य राख्दा झन ठुलो क्षति हुन सक्छ

कोरोना COVId\ 19 P लाग्नुआफैमा दुखको कुरा हो, न त यो चाहेर लाग्ने हो न त वद्नामिले गर्दा हो र न त रहरले नै हो। यो कुनै पाप पनि होइन,यसले धनि गरिव, राम्रोनराम्रो, महिला पुरुष भन्दैन। वेला वेलामा यस्ता ख्क्ष्च्ग्क् उत्पति हुन्छन र यो वा त्यो नाम बाट चिनिन्छन वा राखिन्छ र मानवमा प्रवेश गर्दछन् र आतंकित बनाउँदछन्, जस मध्य COVId\ 19 (Corona Virus) पनि एक हो र यसले अहिले विश्वलाईनै त्रसित बनाएको छ, अहिले विश्वका लगभग २०० जति देशमा संकरण भैसकेको छ

ब्याक्टेरिया जस्तो यसको कुनै खास औषधि बन्न सकेको छैन मात्र यसबाट जोगिनलाई सतर्कता नै यसको सर्वोत्तम उपाय मानिन्छ, त्यति हुँदा हुँदै पनि यसले अति छिटो विकराल अवस्था सिर्जना गर्दछ र केहिमानव जीवनकोक्ष्यति गर्नुका साथै त्रासदी बनाउँछ। जसरि २०७२ सालको भुकमको Post-earthquake Syndrom मा त्रास र मानसिक रोगीको संख्या बढे जस्तै कोरोनाको पनिधेरै भरम्क र सत्य बाहिर नआउदा जनमानसमा एक किसिमको त्रास र भय ले जग बसाल्ने हुनाले मानसिक विरामी ofg]lsCorona Syndrome  देखिन लागिसकेको छ। किनकि कतीको क्वारेन्टाइनमा बस्दा नै कोरोना पो लागि सक्यो भन्ने डर र मनोवल कमजोर भैसकेको हन्छ भने लागेकोलाई पनि राम्रो काउन्सेलिंग नहुँदा मरीहाल्छु भन्ने डर, डाक्टर लाई पनि सामान्य ज्वोरो आएको विरामी अस्पतालमा आयो भने पनि कोरोना नै देख्ने, र्सबैले सबैलाई कोरोना देख्ने, कति लक् डाउन हुँदा एक्ला एक्लै परेको र बस्ने खानेको जोहो गर्न समय नभएकोले पनि मानसिक तनावमा रहने अवस्था सृजना भएको छ भनेछुटा छुटै भएका परिवारका सदस्यमा पनि एकलाई अर्काको चिन्ताले गर्दा पनि मानसिक तनाव सृजना भएको अवस्था छ

अर्को तिर स्वास्थ्यकर्मीको लागि आवाश्यक PPe छैन र उच्च जोखिम मोलेर सेवा गर्न वाद्ध्य छन्,भन्ने जुन बाहिर हल्ला छ जसले गर्दा पनि जनमानसलाई विरामी परि हाले मेरो उपचार राम्रो संगहुन्छ भन्नेमापनि विस्वस्थ हुन सकेका देखिंदैन, त्यसैगरि क्वारेन्टाइनमा बस्नु अपराध जस्तो बुझियो रCOVId\ 19 Positive भेटिनुलाई कसरी बुझियो कुन्नि जसको नाम बाहिर सार्वजनिक गरिएन जसले गर्दा पनि जनमानसमा अझै त्रास र संखा पैदा गरेको अवस्था छ ।COVId\ 19 Positive संक्रमित सन्चो भएपछी यसको असर नत समाजमा पर्दछ नत संक्रमित व्यक्ति लाई नै। यो त झाडापखाला लागेर सन्चो भए जस्तै न हो। मेरो विचारमा नाम र ठेगाना सार्वजनिक गरिदिंदा यसले वेफाइदा भन्दा पनि संक्रमित व्यक्तिको सम्पर्कमा भएका वा बसेका व्यक्तिहरुअरुको सम्पर्कमा नजाने,आफ्नो परिवार संग पनि अलग बस्ने र केहि लक्षण देखिना साथ चेक जांच गराउनबढीसजक हुने देखिन्छ, जसले गर्दा संक्रमितको संख्या फैलिने सम्भावनाकम हुन्छ  र लक्डाउनको औचित्य पनि रहन्छ। नत्र भने लक्डाउन भए पनि परिवारमा र अन्य सम्पर्कमा आउने व्यक्तिलाई सर्नेबढीसम्भावना रहन्छ त्यसैले कंक्रमितको नाम सार्जनिक गर्दा बढी प्रभावकारी र छिटो नियन्त्रणमा आउन सक्छ।

यसै सन्दर्भमा मेरो परिवारले जापानमा छंदा व्यहोरेको अनुभव अलिकति जोड्न मन लग्यो, २००९परिवार सहित सिंगापुरमाअन्त्राष्ट्रिय गोष्ठीमा भागलिन गएका थियौं, फर्किने वेला छोरालाई ज्वरो आएको तरअस्पतालले नर्मल हो भनेर सिटामोल मात्र दियो हामी जापान फर्केउ तर जापानको विमानस्थलमाहामीलाई १ घण्टा क्वारेन्टाइनमा राखेर काउन्सेलिंग गरियो र हामी नजिकको अस्पतालमा गयौं जांच गर्दा छोरामा स्वाइन फ्ल्यु देखियो, राम्रो संग काउन्सेलिंग गरे, औषधि दिए र हामी ३ जनालाईबाहिर कतै पनि नजान सल्लाह दिए, युनिभर्सिटी बाट पनि हामीलाई २ हप्ता घरमा नै बस्न निवेदन गरे र २ (३ पछी हामी २ जनालाई पनि जांच गराउनु भन्ने सुझाव आयो हामी त्यसै गरौँ मलाई पनि देखियो र तेस्रो पटक जांच गर्दा श्रीमानलाई पनि देखियो। हामि घर भित्र पुरै लक् भएका थियौं, सामान्य ज्वोरो र रुघा लाग्दा त जापानिज एक अर्का संग टच हनन्, जापानिज बुवा र मेरो बहिनीले ठुलो सहयोग गर्नु भएको थियो, भेट्ने त कुरा रहेन सपिंग गरेर ढोका बाहिरसमान राखिदिने र उनि तल झरीसकेपछी हामीले ढोका खोलेर समान भित्र राख्ने पकाउने खाने गरिन्थ्यो, २ हप्ता पछी हाम्रो पुनस् जांच भयो अब कुनै डर छैन पूर्ण निको भयो तिमीहरु बाहिर निस्किन सक्छौ भने पछी हामी युनिभर्सिटी गयौं,युनिभर्सिटीमा जताततै हाम्रो बारेमा अवेर गराईको, सबै तिर सेनिताइजरराखिएको।हाम्रो सिटीमा स्वाइन फ्ल्युअरुमा फैलिन पाएन, हामी चढेको प्लेनका सबै यात्रुहरुलाई सबै तिर अवेर  गराएको भन्ने जानकारी पाएका थियौं, त्यसैले नाम सार्वजनिक गरेर यात्रु वा परिवार जो जो सम्पर्कमा थिए उनीहरुलाई क्वारेन्टामा बस्नु बस्नअनिवार्य गर्नु नै छिटो नियन्त्रण ल्याउन मद्त पुग्दछ। त्यसैलेसुरक्षित बस्नु, छिटोडाक्टरको सम्पर्कमा आउनु, लागिहालेछ भने पनिआत्मबल बढाएर डाक्टरकोसल्लाह  बमोजिम आइसोलेसनमाबस्नु, धेरै भन्दा धेरै पानी पिउनु, खानाले पेल्नु, अनलाईन वा फोनमा साथी आफन्त संग कुराकानी गर्नु, जसले गर्दा छिटोनिको हुन मद्धत पुग्दछ। अहिले अवस्था संग मिल्दोजुल्दो भएको ले यो अनुभव सेयर गरेकोछु, त्यसैले सरकारले जनता प्रति उत्तरदायी भएर गरेका निर्णय र नियमहरुको पालना गरौँ,सरकार संग पनि श्रोत र साधनको सिमितता छ यदि समयमानै सचेत भएनौ भने संक्रमितको संख्या धान्न नसक्ने गरि बढ्न सक्छ, तिन तहका सरकारले दिन रात नभनी सम्भावनाहरु खोजिरहेका अवस्था छ, लकडाउनअरु २ हप्ता बढाउनु नै उत्तम हुनसक्छ,यो विसम परिस्थितिलाई सहज बनाउन तपाईं हामी सबैको आ(आपनो ठाउँ बाट उत्तिकै भूमिका छ, हामी पनि सुक्षित बसौं र अरुलाई पनि सुरक्षित बस्न आग्रह गरौँ। क्वारेन्टाइनमा बसेका र विरामीको विवरण खुला गरौँ जसले भ्रम, भए र संक्रमण कम गर्दछ।

डा. भीमा ढुंगाना