चैत्र २५ गते २०७६

कुहिएको चामल बाडेपछि लमजुङको दुधपोखरीमा लफडा, वडाअध्यक्षले दिए यस्तो धम्की…

लमजुङ, चैत्र २५ ।
कोरोना प्रभाति दैनिक ज्यालादारी मजदुरहरुलाई उपलब्ध गराएको चामल सडेको पाइएको छ ।
लमजुङको दुधपोखरा गाऊपालिका वडा नं २ मा बितरण गरिएको राहतको चालम खान नमिल्ने अबस्थाको भएपछि स्थानियले बिरोध गरेका छन । आफुहरुलाई म्याद गुज्रिएको कुहीएको चामल दिएको भन्दै सामाजिक सञ्जालमा समेत उनिहरुले बिरोध गरे पछि वडाअध्यक्षले ज्यान मार्ने समेतको धम्की दिएको बताइएको छ । राहतको नामा खरिदमा कसिमन पाउने लोभले धेरै पालिकाहरुमा हतारमा त्यहाँको आबस्यकता नहेरी खरिद गरिएको छ ।
दुधपोखरा गाऊपालिका वडा नं २ का वडाअध्यक्ष गोबिन्द दवाडीले कुहिएको चामल दिएको भनि सामाजिक सञ्जालमा पोष्ट गरेका त्यहाँका एक नागरीक माथि अमानविय तथा सामाजिक रुपमा अपाच्य शब्द प्रयोग गरेर गालिगलौज पनि गरेका छन । उनले जतिसुकै बेला पनि हातपात गर्ने भन्दै धम्की दिएका छन । सो वडामा २६२ जनालाई राहत बितरण गरिएको थियो ।