चैत्र २५ गते २०७६

आरोप प्रत्यारोप पछि कोरोनाको नयाँ कोर्स, द प्राफेसर चाल्स लाईवर अदालतमा

काठमाडौं, २५ चैत । केही समय अगाडी अर्थात चिनको बुहानमा कारोना संक्रमण देखिएपछि चिनले अमेरीकी सेनाका कारण कोरोना उत्पन्न भएको सार्वजनिक रुपमा आरोप लगायो । लगत्तै अमेरीकी राष्टपति डोनाल्ड ट्रम्पले कोरोना लाई चिनियाँ भाईरस भनेर संबोधन गरे । अहिले अमेरीका देखि युरोपका धेरै देश यसको संकटमा फसेका छन । २ सय ८ देशमा कोरोनाले कब्जा जमाएको छ । यो संगै बिस्व राजनितिमा कोरोना केन्द्रमा छ । संकटको राजनिति हुदै आईरहेको बिस्व परिदृष्यमा कोरोनाले मानविय, अािर्थक संकट मात्र होईन , बिस्व मानचित्र बदल्ने खतरा छ । यसरी मुख्य शत्ति राष्ट्रहरु बिभाजित भएर कोरोना संक्रमणको दोषरोपणमा उत्रीए पछि यो संकट लम्वीने मात्र होईन मानव अस्थित्वको नयाँ भाईरस जन्मन पनि सक्ने आँकलन गरिएको छ । यो जैबिक हतियार हो भनेर बिस्व स्वास्थ्य संगठनले भनिरहदा भर्खरै अमेरिकामा कोरोना भाइरस बनाउन मद्दत गरेको आरोपमा पक्राउ परेका हार्भड विश्वविद्यालयका प्रोफेसर डा.चाल्र्स लाइबरलाई अदालतमा उपस्थित गराइएको छ ।

उनीमाथि कोरोना भाइरस बनाएर चीनलाई बेचेको आरोप छ । चिनियाँ सरकारद्वारा सञ्चालित उनी हावर्ड विश्वविद्यालयको प्रमुख अन्वेषकका रुपमा काम गर्दैै आएका थिए । डा। लाइबर चीनको वुहान युनिभर्सिटी अफ टेक्नोलोजीमा एक रणनीतिक वैज्ञानिकको रुपमा समेत काम गर्थे ।
हाबर्डका विश्वविद्यालयका प्रवक्ता जोनाथन स्वाइनले प्रोफेसर लाइबरविरुद्ध लगाएको आरोप अत्यन्त गम्भीर रहेको र हार्भार्डले संघीय अधिकारीहरूसँग सहकार्य गरिरहेको बताएका छन् । एजेन्सी