चैत्र २६ गते २०७६

साउदीले कर्फ्यु लगाएपछि कामदार अन्यौलमा

२६ चैत्र
एजेन्सी । साउदी अबर सरकारले कोरोना भाइरसको संक्रमण रोक्ने उद्देश्यस्वरुप हिजो सोमबार देखि लागु हुने गरि अनिश्चितकालको लागि २४ घण्टे कर्फ्यू जारी गरेको छ।

जारी आदेशमा रियाद, दमाम, ताबुक, दहरान, हफुफ, ताइफ, कतिफ, अलखोबर र जेद्दाका सम्पूर्ण क्षेत्रहरुमा कर्फ्यू आदेश जारी गरेको यहाँको गृह मन्त्रालय लाई उदृत गर्दै रियाद स्थित नेपाली दूतावासले जनाएको छ।

यो समयमा सरकारले तोकेका स्वास्थ्य सम्बन्धी अपवाद र स्थानीय अधिकारीहरुले अनुमति दिएको अत्यावश्यक सेवा बाहेक कुनैपनि बहानामा बाहिर ननिस्क्न र सो क्षेत्रमा रहेका नेपालीहरुले कर्फ्यूको समयको पूर्ण पालना गर्न नेपाली दूतावास रियादले सबै नेपालीहरुलाई अनुरोध गरेको छ । नेपाली कामदारहरु अत्याधिक रहेको साउदीमा सरकारको कदम पछि अन्यौलमा परेका छन । यद्यपि दुतावासले नेपालीहरु सुरक्षीत रहने जानकारी दिएको छ । कोरोना महामारी बिस्वका २०८ देशमा पुगेको छ ।