चैत्र २६ गते २०७६
माक्र्सवादी दर्शन: द्वन्द्वात्मक भौतिकवाद- रामराज रेग्मी
१. पृष्ठभूमि:
उन्नाइशौँ शताब्दीको मध्यतिर जब युरोपेली मुलुकहरूमा पुँजीवादी विकास चरम चुलीमा पुग्यो, वर्ग सङ्घर्ष इतिहासमा अघि कहिल्यै नपुगेको स्तरमा विकसित भयो र औद्योगिक सर्वहारा वर्ग जुझारु शक्तिको रूपमा देखाप¥यो । त्यही वेला जर्मन दार्शनिक कार्ल माक्र्सले एक नयाँ दर्शनलाई जन्म दिए । उनकै नामबाट उक्त दर्शनको नाम माक्र्सवाद रहन गएको छ । संसारको सबैभन्दा उन्नत एवं वैज्ञानिक ठानिएको यो दर्शन माक्र्सले आफ्ना घनिष्ठ सहयोद्धा बेलायती दार्शनिक फ्रेडरिक एङ्गेल्सको सहयोगमा प्रतिपादन गरेका हुन् ।
माक्र्सवादका तीन पक्ष छन् दार्शनिक, राजनितिक र आर्थिक । दार्शनिक पक्षमा द्वन्द्वात्मक भौतिकवाद, राजनीतिक पक्षमा ऐतिहासिक भौतिकवाद र आर्थिक पक्षमा राजनीतिक अर्थशास्त्र पर्दछन् । यी तीन पक्षलाई माक्र्सवादका तीन सङ्घटक अङ्ग मानिन्छ । तिनका स्रोत तीनवटा अधिकतम विकास भएका देशका विचारधाराहरू ः जर्मनेली शास्त्रीय दर्शन, फ्रान्सेली काल्पनिक समाजवाद र बेलायती राजनीतिक अर्थशास्त्र हुन् । दर्शनको क्षेत्रमा माक्र्स–एङ्गेल्स जर्मनीका शास्त्रीय दार्शनिक फायरवाखको भौतिकवाद र हेगेलको द्वन्द्ववादबाट बढी प्रभावित बने । तिनका दर्शनमा कमीकमजोरी भए पनि माक्र्स–एङ्गेल्सले तिनलाई आफ्नो दार्शनिक यात्राको प्रस्थान बिन्दु बनाए । फायरवाखको दर्शनमा भौतिकवादको सटिक विश्लेषण थियो, तर त्यसमा द्वन्द्ववाद थिएन र प्रत्यवादबाट पनि उनी धेरथोर ग्रसित थिए । अर्कोतिर हेगेलको दर्शन द्वन्द्ववादी भएर पनि प्रत्ययवादको आहालमा पौडिखेलिरहेको थियो । फायरवाखको भौतिकवाद एकाङ्गी रूपमा प्राकृतिक घटनाको व्याख्या विश्लेषणमा सीमित थियो र हेगेलको द्वन्द्ववाद केवल चिन्तनको क्षेत्रमा सीमित थियो । दुवै दर्शन प्रभावकारी भएर पनि अधूरा र लङ्गडा थिए । माक्र्स–एङ्गेल्सले दुवैका अनुपयोगी मान्यताहरूलाई परित्याग गरी तर्कसम्मत सार तत्वलाई ग्रहण गरे । तिनंले हेगेलको द्वन्द्ववाद र फायरवाखको भौतिकवादलाई समन्वय गरी द्वन्द्वात्मक भौतिकवाद को प्रतिपादन गरे ।
माक्र्सवादले पुँजीवादको विकल्पका रूपमा जुन समाजवादी व्यवस्था प्रस्तुत गरेको छ, त्यसमा काल्पनिक समाजवादीहरूको योगदान छ । अँग्रेज विद्वान् टामस मूर, फ्रेन्च विद्वान चाल्र्स फूरिए, र अँग्रेज विचारक रवर्ट ओवेन आदिले काल्पनिक समाजवादको परिकल्पना गरी पुँजीवादी व्यवस्थाको तीव्र आलोचना गर्नुका साथै समतामूलक समाजको जुन वकालत गरे त्यसमा काल्पनिक अवधारणा भए पनि त्यो माक्र्स–एङ्गेल्सका निम्ति वैज्ञानिक निस्कर्ष निकाल्ने आधार बन्न गयो । राजनीतिक अर्थशास्त्रको व्याख्या विश्लेषण गर्नमा शास्त्रीय बेलायती अर्थशास्त्रीहरू एडम स्मिथ र डेभिड रिकार्डोका विचारहरू उपयोगी भए । बजारमा बिक्री हुने वस्तुको मूल्य मजदुरको श्रमको आधारमा निर्धारण हुन्छ भनी सबैभन्दा पहिले घोषणा गर्ने व्यक्ति एडम स्मिथ हुन् । उनको त्यस विचारलाई पछि रिकार्डोले परिमार्जन गरे । रिकार्डोको लगान सिद्धान्तले माक्र्सलाई अतिरिक्त मूल्यको सिद्धान्त प्रतिपादन गर्न पनि सहयोग ग¥यो ।
२, द्वन्द्वात्मक भौतिकवादको सारतत्व
यहाँ हामी माक्र्सवादको दार्शनिक पक्ष द्वन्द्वत्मक भौतिकवादबारे विशेष चर्चा गर्दछौँ । संसारमा रहेका सबै वस्तुमा हेरफेर भइरहेको हुन्छ । वस्तुहरूमा कुनै तत्व नष्ट हुने र कुनै तत्व देखापर्ने क्रम दोहोरिइरहेको हुन्छ । कुनै रूखलाई हामीले हेर्दा सधैँ उस्तै देखिन्छ । तर त्यो उही अवस्थामा रही रहेको हँुदैन । केही समय अघि फक्रन लागेको फूलको कोपिला एक छिनपछि फूलेको देखिन्छ र केही समयपछि फेरि ओइलाएर झर्दछ । त्यस्तै प्राणीहरू जन्मन्छन्, केही समय बच्चाको रूपमा रहन्छन्, त्यसपछि जवान र बृद्ध हुन्छन् र एक दिन मर्दछन् । हामीले आफ्नै समाजलाई हेरौँ । अहिलेको जस्तो परिस्कृत समाज विगतमा थिएन न त अहिलेको समाज यही रूपमा भोलि रहनेछ । हाम्रा पुर्खा सुरुमा जङ्ली अवस्थामा थिए । मानव समाज बर्बर आदिम साम्यवादी युग, दास युग र सामन्तवादी युग हुँदै अघि बढेको हो । तर प्राचीन व्यवस्थाका सामाजिक पद्धतिहरू अहिले केही भेटिन्नन् ।
द्वन्द्वात्मक भौतिकवादले वस्तुमा आउने यस प्रकारको परिवर्तनको कारण वस्तुभित्रको आन्तरिक गतिविधिमा खोज्दछ । यसअनुसार वस्तुमा आउने हेरफेरको कारण वस्तुभित्र उत्पन्न हुने गति हो । प्रत्ययवादीहरूले गतिको कारण बाहिर खोज्दछन् । खोजी गर्दा प्रमुख सञ्चालकका रूपमा ईश्वरलाई अघि सार्दछन् । तर द्वन्द्वात्मक भौतिकवादले गतिको कारण वस्तुको बाहिर होइन, भित्र नै हुन्छ भन्ने मान्यता राख्दछ । वस्तुमा उत्पन्न हुने विद्युत, चुम्बक, ताप, कम्पन, घर्षणं, रासायनिक प्रतिक्रिया आदि गतिका कारण हुन् जसले वस्तुलाई आफसेआफ चलायमान गराउँछन् ।
३, द्वन्द्वात्मक भौतिकवादका नियम
वस्तुमा हुने परिवर्तन वा हेरफेरका सम्बन्धमा माक्र्स–एङ्गेल्सले द्वन्द्वात्मक भौतिकवादका तीनवटा नियम प्रस्तुत गरेका छन् । ती हुन् – एकता र सङ्घर्षको नियम, मात्राको गुणमा र गुणको मात्रामा परिवर्तनको नियम र पुरानाको नकार र नयाँको उत्पत्तिको नियम ।
३.१, एकता र सङ्घर्षको नियम
द्वन्द्ववादको नियमअनुसार प्रकृति समाज र ज्ञानसम्बन्धी सम्पूर्ण संरचना त्यसमा अन्तर्निहित दुई विपरीत पक्षहरूद्वारा निर्मित हुन्छन् । विद्युतमा नेगेटिभ÷पोजेटिभ, गणितमा जोड÷घटाउ, चुम्बकमा उत्तरी ध्रुव÷दक्षिणी ध्रुव, सामन्तवादी समाजमा जमिनदाररकिसान आदि विपरीत पक्षका केही उदाहरण हुन् । कुनैकुनै संरचनामा तातोरचिसो, हलुकारगह्रौ, उल्टो रसुल्टो, नजिकरटाढा, अग्लोरहोचो आदि सवाल आउँछन् । ती पनि परस्पर विरोधी पक्षहरू नै हुन् । ती बेग्लै अस्तित्वका कुरा होइनन्, एउटै वस्तुका दुई आयाम हुन् । मानिसले आफ्नो दैनिक व्यवहारमा विपरीत तत्व
हरूबीचको सम्बन्ध र तिनको भिन्नतालाई व्यक्त गरिरहेका हुन्छन् । जब ‘हामी विमल एकजना मानिस हो’, ‘बु्रनो एउटा कुकुर हो’, ‘यो रुखको पात हो’ भन्दछौँ यी भनाइहरूमा हामीले विपरीत पक्षको सम्बन्ध र भिन्नता दुवै अभिव्यक्त गरिरहेका हुन्छौँ । विमल, ब्रुनो र पातले विशेष लाई औँल्याउँछन् भने मानिस, कुकुर, र रुखले सामान्य ९ग्लष्खभचकब०ि लाई औँल्याउँछन् । विशेष र सामान्य दुई विपरीत तत्वहुन् । दुई विपरित पक्षमा एकत्व र सङ्घर्ष हुन्छ । एकत्व भनेको दुई विपरीत तत्वहरूबीचको सम्बन्ध हो । विपरीत तत्वहरू एक आपसमा सम्बन्धित हुन्छन् । एउटा चुम्बकमा एकातिरका छेउमा उत्तरी धु्रव हुन्छ भने अर्को छेउमा दक्षिणी ध्रुव । यदि त्यस चुम्बकलाई बीचबाट काट्ने हो भने एउटा टूक्रामा उत्तरी ध्रुव र अर्को टूक्रामा दक्षिणी ध्रुव हुँदैनन् । प्रत्येक टुक्रामा उत्तरी र दक्षिणी ध्रुवको अस्तित्व पैदा हुन्छ । पर्वत र उपत्यका दुुई भिन्न भूू–भाग होइनन्, एउटै भू–भागका दुुई पक्ष हुुन् । उचाइ र गहिराइ दुुई बेग्लाबेग्लै वस्तुु होइनन्, एउटै वस्तुका दुुई आयाम हुन्, ती समानुपातिक छन् र एकै अनुपातमा बढ्ने गर्छन् । दुई विपरीत तत्वहरू एक अर्काभित्र पस्ने, एक अर्कालाई अँगाल्ने र एक अर्कोमा भरपर्ने हुन्छन् । हरेक पक्ष अर्कोपक्षका निम्ति नभई नहुने हुन्छ । तिनीहरूमा पारस्परिक निर्भरता हुन्छ र निश्चित अवधिमा सन्तुलनमा रहेका हुन्छन् ।
प्रकृतिमा विरोधी पक्ष नभएमा कुनै पनि पक्षको अस्तित्व सम्भव हुुँदैन । जीवन नभई मृत्यु हुँदैन, तातो नहुने हो भने चिसोको कुरा उठ्दैन, मोटो नहुने भए दुब्लो भन्नु पर्ने कुरै हुँदैन, माथि नभई तल भन्ने कुरा हुँदैन आदि । पुँजीवादी समाजमा पुँजीपति र सर्वहारा वर्गका हित बाझिए पनि एउटालाई अर्काको खाँचो पर्दछ । पुँजीपतिले लगानी नगर्ने हो र कलकारखाना नखोल्ने हो भने मजदुरले काम पाउन्नन्, त्यस्तै मजदुर नभए पुँजीपतिका उद्योग कलकारखाना चल्दैनन् र तिनले अतिरिक्त मूल्य हडपेर धनी बन्न पाउदैनन् ।
कुनै पनि वस्तुमा विपरीत पक्षहरू सँगै रहे पनि तिनको स्वभाव र चरित्र भिन्न भएका कारण तीबीच तानातानी हुन्छ । एकता र सङ्घर्ष प्रत्येक वस्तुका सार्वभौम चरित्र हुन् । माक्र्स र एङ्गेल्सले विपरीत तत्वहरूको एकत्व मात्र भनेकोमा लेनिनले त्यसमा सङ्घर्ष भन्ने शब्द थपेर विपरीत तत्वहरूको एकता र सङ्घर्ष भनेका छन् । यी दुई अभिव्यक्तिमा खासै भिन्नता देखिन्न । लेनिनले विपरीत तत्वहरूबीचको सङघर्षको पाटोलाई अझ विस्तारका साथ व्याख्या गरेका मात्र हुन् । माओ पनि के कुरामा जोड दिन्छन् भने एकताभन्दा सङ्घर्ष नै प्रमुख हुन्छ । सङ्घर्षको दौडानमै एकता स्थापित हुन्छ र त्यो फेरि सङ्घर्ष मै बदलिन्छ । द्वन्द्ववादको नियमअनुसार सङ्घर्षको तुलनामा एकता र निर्भरता दोस्रो दर्जाको र अस्थायी प्रकृतिको हुन्छ । बाहिरबाट हेर्दा एकता राम्रो जस्तो देखिन्छ तर त्यसलाई बढी महत्व दिनु भनेको समाजलाई स्थिर पोखरीको पानी जस्तै दूषित बनाउन खोज्नु हो ।
विपरीत वस्तुहरूबीचको अन्तर्विरोध सुरुदेखि अन्त्यसम्म रहिरहन्छ । अन्तर्विविरोध नभएको कुनै पनि वस्तु हुँदैन र अन्तर्विरोध नभई कुनै पनि वस्तु टिकिरहन सक्दैन । कतिपय मानिसहरू समाजमा सधैँ शान्ति छाओस्, आपसी झैँ–झगडा कहीँ कतै नहोस् भन्ने चाहन्छन् । शान्तिको चाहना राम्रो सोच हो, तर माक्र्सवादअनुसार विपरीत तत्वहरू भएपछि केवल एकता मात्र हुँदैन, त्यहाँ सङ्घर्ष पनि हुन्छ । कतिपय व्यक्तिहरू दुःखरहित सुखको चाहना गर्छन् । सुख खोज्नु स्वभाविक हो । तर दुःखविनाको सुख सम्भव छैैन । तीखा काँडाकै बीचमा सुन्दर गुलाफ फूलेको हुन्छ । अन्तर्विरोध वा सङ्घर्षलाई नराम्रो मान्न हुँदैन । प्राणीको सवालमा अन्तर्विरोध सिद्धिँदा साथ जीवनको पनि अन्त्य हु्न्छ र मृत्युको आगमन हुन्छ । वस्तुमा हुने विपरीत तत्वबीचको एकता र सङ्घर्षले नै त्यसमा गति उत्पन्न गराउँछ । गति नै परिवर्तनको बाहक हो । गाडी कसरी गुड्छ त्यो हामीले देखेको कुरा हो । गाडीको पाङ्ग्राले घरि भुइँ छुन्छ त घरि भुइँ छोड्छ । पाङ्ग्रा र जमिन कहिले सँगै मिलेर घर्षण गर्छन् त कहिले छुट्टिन्छन् । छुने र नछुने, जोडिने र छुट्टिने जस्ता प्रक्रियाले गाडीमा गति उत्पन्न गराउँछन् र त्यो गुड्न पुुग्छ । प्राणीको शरीरमा विपाचन र परिपाचनको एकता र सङ्घर्षका कारण शारीरिक वृद्धि र क्षय हुन्छ ।
कार्लमाक्र्स र एङ्गेल्सले आदिम साम्यवादी समाज दास समाजमा, दास समाज सामन्ती समाजमा र सामन्ती समाज पुँजीवादी समाजमा फेरिएको ऐतिहासिक घटनाको अध्ययन गरे । उनीहरूले पुँजीवादी व्यवस्थाभित्रको अन्तर्विरोधको अनुसन्धान गरे र के कुरा पत्ता लगाए भने प्रत्येक सामाजिक व्यवस्थाका उत्पादन पद्धतिमा दुई विपरीत पक्ष उत्पादन शक्ति र उत्पादन सम्बन्ध रहेका हुन्छन् र ती दुईको अन्तर्विरोधबाट नै समाजमा रूपान्तरण हुन्छ । उनीहरूले के बुझे भने प्रत्येक वर्गीय समाजको चरित्र अस्थायी र सङ्क्रमणकालीन हुन्छ । यही निस्कर्षका आधारमा उनीहरूले घोषणा गरे कि सर्वहारा वर्गले पुँजीवादी व्यवस्था अन्तर्गतको उत्पादन सम्बन्ध भत्काएर त्यसको ठाउँमा समाजवाद अनुकूलको उत्पादन सम्बन्ध स्थापित गर्न सक्छ । संशोधनवादीहरू र सुधारवादीहरू दुई विपरीत पक्षको सङ्घर्षलाई नचर्काई समाजमा मेलमिलाप र समन्वयको बाटो अँगाल्नु पर्दछ भन्दछन् । तिनीहरूका अनुसार राज्यका सम्पूर्ण नागरिकहरू चाहे ती धनी वा निर्धन जे सुकै हुन्, तिनले आफ्नो बैयक्तिक पहलमा समुहको नेतृत्व गर्दै शासन सञ्चालनका अवसर पाउनु पर्दछ । उनीहरू भन्दछन् कि समाज विविधताले भरिपूर्ण हुन्छ, त्यहाँ विभिन्न जाति, जनजाति, वर्ग लिङ्ग र समुदायका मानिस बसोबास गर्दछन् जसका भाषा, संस्कृति, रहनसहन आदि फरकफरक हुन्छन् । अतःएव विभिन्न वर्गहरू, विचारधाराहरू, राजनीतिक पद्धतिहरू, दलहरू र समुहहरूलाई समान महत्व दिनुपर्दछ र कसैले कसैमाथि बाधाअड्चन तेस्र्याउन हुदैन । सुन्दा उचित जस्तो लागे पनि विभिन्न पक्षबीच मेलमिलाप एवं समन्वय कायम गरी समाजलाई अघि बढाउनुपर्दछ भन्ने यो दृष्टिकोण गतिशीलता अँगाल्ने दृष्टिकोण होइन । यो त समाजलाई यथास्थितिमा राखी माथिल्लो वर्गको शासन सत्ता टिकाइराख्ने चालवाजी हो ।
२. मात्राको गुणमा र गुणको मात्रामा परिवर्तन
प्रत्येक वस्तुमा मात्रा र गुण दुवै हुन्छन् । मात्रा भनेको परिमाण, आकार, सङ्ख्या, सघनता आदि हो । जब हामी चार दाना सुन्तला भन्दछौँ, त्यो गन्न सकिने वस्तुको मात्रा हो । जब हामी चार लिटर दुध भन्दछौँ, त्यो गन्न नसकिने वस्तुको मात्रा हो । हामीले चार घण्टा भन्यौँ भने त्यो समयको मात्रा हुन्छ, जब हामीले ४० सेटिग्रेड भन्दछौँ, त्यो तापक्रमको मात्रा हुन्छ र जब हामी चर्को पीडा, अपार खुशि अल्प ज्ञान आदि भन्दछौ, ती भावबाचक नामका मात्रा हुन्छन् । गुण भनेको वस्तुको विशेष लक्षण हो । जस्तो कि सुन पहेँलो र खँदिलो हुन्छ, तामा रातो हुन्छ, पानी तरल हुन्छ, आगाले पोल्छ र डढाउँछ आदि । गुणकै कारण वस्तुहरू एक आपसमा भिन्न हुन्छन् र चिनिन्छन् । स्वासफेर्ने र नफेर्ने कुराले सजीव र निर्जीवलाई छुट्याउँछ । सजीवले स्वास फेर्छ जब कि निर्जीवले फेर्दैन ।
द्वन्द्ववादको नियमअनुसार कुनै पनि वस्तुका दुई विपरीत तत्वबीच एकता र सङ्घर्ष हुँदा वस्तुमा थालनीदेखि अन्त्यसम्म परिवर्तन भइरहेको हुन्छ । वस्तुको परिवर्तन एकै किसिमको नभएर मात्रात्मक र गुणात्मक दुई किसिमको हुन्छ । मात्रात्मक परिवर्तन भनेको वस्तुमा देखापर्ने विस्तार वा तीव्रता मात्र हो । त्यस प्रकारको परिवर्तनको अवस्थामा आकार, आयतन, सङ्ख्या आदिमा हेरफेर त हुन्छ तर वस्तु पहिला जस्तो थियो त्यस्तै रहन्छ र विपरीत पक्षबीच बाहिरी आवरणमा एकता, मेलमिलाप, सन्तुलन, स्थिरता, विराम, आकर्षण आदि भएको देखिन्छ । वस्तुका दुई विपरीत पक्षहरूबीचको अन्तर्विरोध चरम चूलीमा पुगेपछि भने विस्फोटनको स्थिति उत्पन्न हुन्छ जसले प्रतिपक्षहरूको अस्तित्व र तीबीचको सङ्घर्षलाई किनारा लगाइदिन्छ । परिणामस्वरूप पुरानो वस्तु नयाँ गुण भएको अर्को नयाँमा फेरिन्छ जसमा एकतासहितका नयाँ प्रतिपक्षहरू अस्तित्वमा आउँछन् । यो गुणात्मक परिवर्तन हो ।
पानीकै सन्दर्भमा पानीलाई ताप दिइयो भने त्यसको तातोपन वढ्दै जान्छ र एक निश्चित सीमासम्म तापक्रममा भिन्नता भए पनि त्यो पानीकै रूपमा रहन्छ । ५० तातो पानी र ९९० तातोपानीको गुण एउटै हुन्छ । तर जब तापक्रम बढेर १००० सेल्सियसमा पुग्दछ, तब पानी बदलिएर वाफ वन्दछ । त्यस्तै फलाम तातो चिसो जे भएपनि फलामकै अवस्थामा रहन्छ, तर जब भट्टीमा फलामलाई दिइने ताप एउटा निश्चित विन्दुमा पुग्छ, फलाम तरल धातुमा बदलिन्छ । हामी पानी पिउँछौँ, खाना खान्छौँ, दिशापिशाब गर्छौँ आदि । हाम्रो शरीरमा पाचनक्रिया नित्य रूपमा चलिरहेको हुन्छ । हाम्रो पाचनक्रियामा कहिले गडबडी पनि उत्पन्न हुन्छ । यस्ता उतार चढावका क्रियाले हाम्रा कोशिकाहरू बढ््ने र घट्ने भइरहेका हुन्छन् । यद्यपि त्यस प्रकारको क्रमिक परिवर्तन भइरहेका बेला हामीलाई सधैँ देख्नेले उस्तै ठान्दछन् । यो मात्रात्मक परिवर्तन हो । तर जब मानिस बालकबाट, किशोरमा, किशोरबाट जवानमा र जवानबाट बृद्धमा बदलिन्छ यो गुणात्मक परिवर्तन हो ।
हेगेल भन्दछन्, “मात्रा वस्तुको विशेषताप्रति असंवेदनशील हुन्छ । भनाइको मतलब वस्तुमा दुई विपरीत पक्षहरूको अस्तित्व भए पनि जुन पक्षको बढी प्रभुत्व हुन्छ, वस्तुको पहिचान त्यसकै आधारमा कायम हुन्छ । जुन मानिसलाई हामी असल भन्छौँ, उसमा केवल राम्रो पक्ष मात्र हुँदैनन्, राम्रा र नराम्रा दुवै पक्ष हुन्छन् । उसलाई किन असल भनिन्छ त रु किनकि उसमा नराम्राभन्दा राम्रा पक्ष बढी हुन्छन् । मानिलिउँ उसमा राम्रो र नराम्रो पक्षको अनुपात ७०स् ३० छ । यो अनुपात बदलिएर ६० स् ४० भयो र राम्रो पक्षमा ह्रास आए पनि ऊ असल मानिसमै गनिन्छ । तर जब उसको राम्रो र नराम्रो पक्षको अनुपात ३०स् ७० मा आउँछ, पहिले असल भनिएको मानिस खरावमा बदलिन्छ । त्यसकारण मात्रात्मक परिवर्तन केवल एउटा वस्तुभित्र हुने परिवर्तन हो, यो निरन्तरको निश्चित गुणको सीमाभित्र हुने क्रमिक परिवर्तन हो ।
अर्कोतिर गुणात्मक परिवर्तन दुई वस्तुका बीच हुने परिवर्तन हो । माक्र्सवादको दृष्टिमा गुणात्मक परिवर्तन नै विकास हो । बुर्जुवा दार्शनिकहरू मात्रात्मक परिवर्तनलाई विकास ठान्दछन् । तर यो भनेको केवल वृद्धि मात्र हो । वस्तु नयाँमा फेरिने सवाल विकास हो । उदाहरणका लागि झुसिलकिरो पहिले रुखका पात खाई मोटाउँछ । त्यसपछि त्यसले मुखबाट ¥याल निकाली आफूलाई एक किसिमको जालोले बेर्दछ । पछि त्यो जालो काटी बाहिर पुतलीका रूपमा निस्कन्छ । झुसिल किरो मोटाउने प्रक्रिया वृद्धि हो तर पुतली बन्ने प्रक्रिया विकास हो ।
गुणात्मक परिवर्तन क्रमिक हुँदैन, एक्कासी फड्कोका रूपमा हुन्छ । त्यसलाई टड्कारै महसुस गर्न सकिने हुन्छ । कतिपयले त्यसलाई आकस्मिक घटनाका रूपमा लिन्छन्, तर त्यो निरन्तरताको क्रमभङ्ता हो । मात्रात्मक परिवर्तन एक निश्चित विन्दुमा अथवा उत्कर्समा पुगेपछि स्थिरतामा हेरफेर आउँछ र वस्तु अर्कै नयाँमा बदलिन्छ । परस्पर विरोधी पक्षको एक अर्कोमा रूपान्तरण, वस्तुको स्थिरतामा हेरफेर, नयाँ रासायनिक तत्वको जन्म, नयाँ सामाजिक व्यवस्थाको उदय आदि परिवर्तनहरू भौैतिक जगतमा हुन जाने गुणात्मक परिवर्तनकै उपज हुन् । प्रकृतिमा हुने सानातिना हेरफेरहरू मात्रात्मक परिवर्तनका सवाल हुन् । लामो समयमा देखापर्ने प्रलय भने गुुणात्मक परिवर्तन हो । गुणात्मक परिवर्तनपछि पुराना प्राणीहरूको लोप र नयाँ खाले प्राणीहरूको अभ्युदय हुन्छ । मानव समाजमा सानातिना हेरफेर र सुधार मात्रात्मक परिवर्तनका सवाल हुन् । पुँजीवादी व्यवस्थाभित्र कारखानाको आकार बढ्नु यातायातको विकास हुनु, धेरै उद्योगहरू अस्तित्वमा आउनु, ठूला साना पुँजीपतिका उदय हुनु यी पनि मात्रात्मक परिवर्तनकै सवाल हुन् । उद्योगहरू साना र ठूला जे जस्ता आकारका भए पनि पुँजीवादको चरित्रमा कुनै हेरफेर हुँदैन । पुँजीको प्रतिस्पर्धात्मक चरित्र कायमै रहन्छ । तर जब उत्पादन र पुँजीको केन्द्रीकरण हुन्छ, जब साना पुँजीपतिमाथि ठूला पुँजीपतिको हस्तक्षेप हुन थाल्छ, तब प्रतिस्पर्धात्मक पुँजीवादको गुण बदलिएर त्यो एकाधिकार पुँजीवाद अथवा साम्राज्यवादमा परिणत हुन्छ ।
गुणात्मक परिवर्तन सदैव अग्रगतिमा हुन्छ भनी हामी सोच्दछौँ । प्रायजसो प्रक्रियामा त्यो अग्रगामी हुन्छ पनि । तर कुनै प्रक्रियामा त्यसको दिशा हुँदैन । उदाहरणका लागि पानी तताएमा निश्चित अवस्थामा पुगेपछि वाफ बन्दछ तर चिसो बनाएमा निश्चित अवस्थापछि फेरि बरफ बन्दछ । बाफ बन्ने प्रक्रिया अग्रगामी र बरफ बन्ने क्रिया पश्चगामी होइन । हेगेलको भनाइअनुसार प्राकृतिक प्रक्रियामा परिवर्तनको दिशा हुँदैन । मानव समाजको सवालमा भने गुणात्मक परिवर्तन अग्रगामी नै हुन्छ । त्यस्तै मानिस र प्रकृतिबीचको अन्तर्विरोधको सवालमा पनि गुणात्मक परिवर्तन अग्रगामी नै हुन्छ किनभने मानिसले आफ्ना उत्पादनका साधनमा विकास गर्दै प्रकृतिमाथि विजय पाउँदै गरेको छ ।
द्वन्द्वात्मक भौतिकवादले एकैनाशको अथवा निरन्तरको परिवर्तनमा मात्र विश्वास गर्दैन । त्यसले कुनै पनि प्रक्रियाको विकासलाई केवल एउटा परिधीभित्र मात्र भएको ठान्दैन, त्यो विगतमा जस्तो अवस्थामा थियो, त्यही अवस्थामा दोहोरिइरहेको देख्दैन, त्यसले वस्तुलाई माथितिर र अघिल्तिर धकेलिएको देख्दछ र पुरानो अवस्थाबाट फेरिएर नयाँमा बदलिएको देख्छ । द्वन्द्वात्मक भौतिकवादको विश्लेषणअनुसार परिस्थितिमा फेरबदल भयो भने निरन्तरतामा क्रमभङ्गता हुन्छ । त्यसो भएकाले सधैँ मात्रात्मक परिवर्तन मात्र हुन्छ भनी सोच्न हुँदैन, वस्तुमा मात्रात्मक र गुणात्मक दुवै खालका परिवर्तन हुन्छन् । मात्रात्मक परिवर्तनबाट गुणात्मक परिवर्तन द्वन्द्ववादको एक आधारभूत नियम हो । यो क्रमिक परिवर्तन एक फड्कोमा बदलिने र पुरानो वस्तु नयाँमा फेरिने नियम हो । पुरानोबाट नयाँमा परिवर्तन एक निर्णयात्मक घडीको परिणाम हो जुन क्रमहीन र ध्वंसात्मक पनि हुन सक्छ । पुरानो नभत्काई नयाँको जन्म हुँदैन ।
फड्कोे दुई किसिमको हुन्छ – एउटा छोटो समयको र अर्को निश्चित समयपछि हुने । छोटो समयको परिवर्तन एक्कासी बम पड्के जस्तो अथवा ज्वालामुखी फूटे जस्तो उथलपुथलकारी, ध्वंसात्मक र विस्फोटनका रूपमा हुन्छ । निश्चित समयपछ देखापर्ने फड्कोेको सीमा रेखा कोर्न सकिन्न । भनाइको मतलव कुन विन्दुबाट वस्तु वा घटनामा भिन्नता आयो छुट्याउन गाह्रो हुन्छ । जस्तो निश्चित समय पुगेपछि काँचो आँप पाक्छ अथवा मानिसको बाल्यावस्था किशोरावस्थामा र किशोरावस्था तन्नेरी अवस्थामा बदलिन्छ । हामीले ठीक कहिले कतिखेर काँचो आँप पाक्छ थाहा पाउन्नौँ र कुन सेकेण्ड र मिनेटदेखि किशोर तन्नेरीमा बदलिन्छ भन्न सक्दैनौँ ।
गुणात्मक परिवर्तन भनेको अन्तर्विरोधको समाधान हो र ध्वंश र पुनर्निर्माणबीचको र अस्तित्व र अनस्तित्वबीचको एकत्व हो । यो पुरानाको अन्त्य र नयाँको थालनी हो । पञ्चायत कालमा शाषित भएर बसेका राजनीतिक पार्टीहरू २०४६ को जनआन्दोलनपछि बहुदलीय शासन कालमा शासकवर्गमा रूपान्तरित भए भने शासक भएर बसेका पञ्चहरू शासित हुन पुगे । पुँजीवादी व्यवस्थामा शासक भएर बस्ने पुँजीपति वर्ग समाजवादमा शासितमा परिणत हुन्छ भने पुँजीवादमा शासित भएको सर्वहारा वर्ग समाजवादमा शासक बन्न पुग्छ ।
गुणात्मक परिवर्तन भएको स्थितिमा परस्पर विरोधी पक्षहरू एक अर्कोमा फेरिन्छन् । युद्ध शान्तिमा फेरिन्छ भने शान्ति युद्धमा परिणत हुन्छ । बहादुर मानिस काँतरमा, बलियो निर्बलियोमा, धनी गरीबमा र दयालू निर्दयीमा, शोषक शोषितमा र शासक शाषितमा बदलिन्छ । गुणात्मक परिवर्तनपछि नयाँ पद्धतिको उदयका कारण विपरीत पक्षको स्थान बदलिएपछि तिनमा फेरि बेग्लै खालको अन्तर्विरोधको थालनी हुन्छ । त्यसकारण गुणात्मक परिवर्तन भनेको पुरानो प्रक्रियाको अन्त्य र नयाँ प्रक्रियाको थालनी हो । यो भनेको एउटा अन्तर्विरोधको अन्त्यसँगै अर्को अन्तर्विरोको थालनी हो । गुणात्मक परिवर्तन छिनभरमै भएको देखिए पनि त्यो दीर्घकालीन अन्तर्विरोधको परिणाम हो ।
गुणात्मक परिवर्तनकै कारण समुद्रमा देखा परेको एक कोषीय जीव बदलिएर जलचर, स्थलचर, घिश्रिएर हिड्ने, खुट्टाले टेकेर हिँड्ने, आकाशमा उड्ने, अण्डा पार्ने र बच्चा जन्माएर दूध चुसाउने हुँदै पशुबाट मानवमा रूपान्तरण हुन सकेको हो । एङ्गेल्स भन्दछन् कि प्रत्येक जीवित प्राणीको शरीर कोषले बनेको हुन्छ र यसमा निरन्तर धु्रवीकरणको प्रक्रिया चलिरहेको हुन्छ । यसमा वंशाणुगत पक्ष ९ज्भचष्मष्तथ० र विकास ९भ्ख मानिस बालकबाट, किशोरमा, किशोरबाट जवानमा र जवानबाट बृद्धमा बदलिन्छ यो गुणात्मक परिवर्तन हो ।
हेगेल भन्दछन्, “मात्रा वस्तुको विशेषताप्रति असंवेदनशील हुन्छ । भनाइको मतलब वस्तुमा दुई विपरीत पक्षहरूको अस्तित्व भए पनि जुन पक्षको बढी प्रभुत्व हुन्छ, वस्तुको पहिचान त्यसकै आधारमा कायम हुन्छ । जुन मानिसलाई हामी असल भन्छौँ, उसमा केवल राम्रो पक्ष मात्र हुँदैनन्, राम्रा र नराम्रा दुवै पक्ष हुन्छन् । उसलाई किन असल भनिन्छ त रु किनकि उसमा नराम्राभन्दा राम्रा पक्ष बढी हुन्छन् । मानिलिउँ उसमा राम्रो र नराम्रो पक्षको अनुपात ७०स् ३० छ । यो अनुपात बदलिएर ६०स् ४० भयो र राम्रो पक्षमा ह्रास आए पनि ऊ असल मानिसमै गनिन्छ । तर जब उसको राम्रो र नराम्रो पक्षको अनुपात ३०स् ७० मा आउँछ, पहिले असल भनिएको मानिस खरावमा बदलिन्छ । त्यसकारण मात्रात्मक परिवर्तन केवल एउटा वस्तुभित्र हुने परिवर्तन हो, यो निरन्तरको निश्चित गुणको सीमाभित्र हुने क्रमिक परिवर्तन हो ।

गुणात्मक परिवर्तनकै कारण समुद्रमा देखा परेको एक कोषीय जीव बदलिएर जलचर, स्थलचर, घिश्रिएर हिड्ने, खुट्टाले टेकेर हिँड्ने, आकाशमा उड्ने, अण्डा पार्ने र बच्चा जन्माएर दूध चुसाउने हुँदै पशुबाट मानवमा रूपान्तरण हुन सकेको हो । एङ्गेल्स भन्दछन् कि प्रत्येक जीवित प्राणीको शरीर कोषले बनेको हुन्छ र यसमा निरन्तर धु्रवीकरणको प्रक्रिया चलिरहेको हुन्छ । यसमा वंशाणुगत पक्ष र विकास को पक्षबीच लगातार द्वन्द्व चलिरहेको हुन्छ जसका कारण प्राणीमा निश्चित मात्राको परिवर्तनपछि गुणात्मक परिवर्तन भएर एउटा प्राणी अर्को प्राणीमा बदलिन्छ । बीचबीचका गुणात्मक परिवर्तनबाट नै प्राणीहरू विकसित हुँदै मानिससम्म रूपान्तरित हुन सकेका हुन् ।
मात्रात्मक र गुणात्मक परिवर्तनबीच द्वन्द्वात्मक सम्बन्ध हुन्छ । मात्रात्मक परिवर्तनले गुणात्मक परिवर्तनलाई जन्म दिन्छ र गुणात्मक परिवर्तनपछि नयाँ वस्तुमा फेरि मात्रात्मक परिवर्तनको थालनी हुन्छ । हामीले मात्रात्मक परिवर्तन गुणात्मक परिवर्तनमा बदलिन्छ र मात्रात्मक परिवर्तन पहिलो र गुणात्मक परिवर्तन दोस्रो हो भनी सोच्न हुँदैन । गुणात्मक परिवर्तनले पनि मात्रात्मक परिवर्तन गराउँछ । समाज रूपान्तरणका लागि मात्रात्मक र गुणात्मक दुवै थरि परिवर्तनको आवश्यकता पर्दछ । तर संशोधनवादीहरू र सुधारवादीहरू केवल मात्रात्मक परिवर्तनका पक्षपाती हुन्छन् । तिनीहरू क्रान्तिका रूपमा हुने छलाङलाई अस्वीकार गर्दछन् । अर्कोतिर उग्रवादीहरू र अराजकतावादीहरू केवल गुणात्मक परिवर्तनमा जोड दिन्छन् । यी दुवै प्रवृत्ति गलत हुन् । समाज परिवर्तनका लागि दुवै खाले परिवर्तन आवश्यक हुन्छन् । गुणात्मक परिवर्तनपछि फेरि मात्रात्मक परिवर्तनको प्रक्रिया थालनी हुन्छ, विकासको क्रम यही हो । यद्यपि वास्तविक परिवर्तन भनेको गुणात्मक परिवतर्न हो । यसैले नयाँलाई जन्म दिँदै जान्छ र समाजलाई अघि बढाउँछ । एउटा खास गुणको संरचनाभित्र नै मात्रात्मक परिवर्तन हुन्छ र त्यो निर्णायक विन्दुमा पुगेपछि वस्तुको गुणमा नै परिवर्तन हुन जान्छ ।
३. पुरानाको नकार र नयाँको उत्पत्ति
प्रकृतिमा कुनै पनि कुरा जस्ताको तस्तै दोहोरिदैनन् । हरेक वस्तु देखापर्छन्, बढ्छन् र आखिरमा निश्चित समय आएपछि नष्ट हुन्छन्, एउटाको ठाउँमा अर्को देखा पर्दछ । प्रकृतिलाई दृष्टिगत गरौँ – पहिले वसन्त आउँछ र केही समयपछि त्यो जान्छ । त्यसपछि गृष्म आउँछ र त्यो पनि स्थायी रूपमा रहन्न र शरदलाई ठाउँ छाड्दै बिदा हुन्छ । हामीले खेतबारीमा कुनै अन्नको बीउ छर्दा केही समयपछि बीउबाट टूसाहरू उम्रन्छन् । टूसाहरूको उत्पत्ति बीउको नकारबाट हुन्छ । टूसाहरूलाई पनि बिरुवाले विस्थापित गर्दछन् । बिरुवालाई पनि बोटले र बोटलाई पनि अन्नका दानाले विस्थापित गर्दछन् । अन्नका दाना पाकेपछि बोटको कर्तव्य पूरा हुन्छ र त्यो सुकेर मर्दछ ।
इतिहास हेर्ने हो भने पुरानो समाज फेरिएर नयाँ समाज बन्ने क्रम चलिरहेको देखिन्छ । आदिम साम्यवादलाई दास समाजले, दास समाजलाई सामन्ती समाजले, सामन्ती समाजलाई पुँजीवादी समाजले र पुँजीवादी समाजलाई समाजवादी समाजले विस्थापन गरेको देखिएको छ । पुरानो विस्थापित नहुने हो भने नयाँले जन्म लिने र बढ्ने कुरा आउदैन । विकास र प्रगतिको पथ भनेकै यही हो । विकासको प्रक्रियामा नवीन पक्षले पुरातन पक्षलाई हटाएपछि नै नयाँको उदय हुन्छ ।
कुनै पनि वस्तुले आफैँले आफूलाई हटाउनका लागि वातावरण तयार गर्छ । मकैको बीउले आफैँलाई हटाउने टूसाका लागि खाद्यपदार्थ सञ्चय गरेको हुन्छ । पुँजीवादी समाजले आफ्नै चिहान खन्ने सर्वहारा वर्गलाई जन्माउँछ । वस्तुहरू उर्जाशील भएकै अवस्थामा भित्रभित्रै तिनमा ह्रास प्रक्रियाले ठाउँ लिइसकेको हुन्छ । जवान छँदाछँदै भित्रभित्रै हामीमा बुढ्यौली प्रवेश गरिसकेको हुन्छ जसले शरीरलाई क्षिण बनाउँदै लैजान्छ । यस नियमलाई द्वन्द्ववादले स्वभाविक ठान्दछ । नयाँ वस्ुतको उदय भएपछि पुराना वस्तुका प्रतिपक्षहरू विस्थापित भई तिनका ठाउँमा नयाँ वस्तुका नयाँ प्रतिपक्षहरू स्थापित हुन्छन् । पुरानाको नामेट भएर नै नयाँको उत्पत्ति र विकास हुन्छ । यदि बीउको अस्तित्व नमेटिने हो भने अङ्कुरण हुने कुरा आउदैन । यदि पुरानो रहिरहने हो भने यो संसारमा परिवर्तन र विकास भन्ने कुरा देख्न र अनुभूति गर्न पाइन्न ।
यसरी एकले अर्कालाई नकार्ने विपरीत पक्षहरू बेग्लाबेग्लै धरातलका भने होइनन् । ती एउटै वस्तुका पृथक अंश हुन् । ती एकै ठाउँमा एकपछि अर्को गरी उत्पत्ति हुने प्रक्रियाले तिनलाई एक आपसमा सम्बन्धित बनाउँछ र एक सूत्रमा बाँध्दछ पनि । एउटा प्रक्रियाका लागि अकार्को आवश्यकता पर्दछ र एक अर्कोमा निर्भर गर्दछन् पनि । यही एकता र नकारको प्रक्रियाबाट नै वस्तुमा विकास हुन्छ । पुरानोलाई हटाएर त्यसको ठाउँमा अर्को नयाँ उत्पत्ति हुँदै जाने प्रक्रियालाई हेगेलले सबैभन्दा पहिले निषेधको निषेध भनी व्याख्या गरेका थिए । उनले यस नियमलाई विचारको विकासको सन्दर्भमा चर्चामा ल्याएका थिए । उनले छलफल र वादविवादको प्रक्रियाबाट विचारमा समृद्धि हासिल हुन्छ भन्ने दृष्टिकोण अघि सारेका थिए । उनले विचारको द्वन्द्वमा विरोध मात्र नभई सहमति पनि कायम हुने धारणा राखेका थिए । माक्र्स–एङ्गेल्सले त्यही हेगेलको त्रैकको सिद्धान्तलाई प्रकृति र समाजको व्याख्यामा लगाएर द्वन्द्ववादको नियमका रूपमा निषेधको निषेध लाई व्याख्या गरेका हुन् ।
हाम्रो पूर्वीय परिवेशमा माक्र्स–एङ्गेल्सभन्दा धेरै शताब्दी पहिले आर्य दार्शनिकहरूले निषेधको निषेधलाई उल्लेख गरेको पाइन्छ । ऋग्वेदको पहिलो मण्डलको ११३ औँ सूक्तमा भनिएको छ, “ज्योतिहरूमा पनि सबैश्रेष्ठ ज्योति प्रकट भयो, अद्भुत प्रकाश चारैतिर फैलियो, सूर्यले जसरी रात्रीलाई जन्मिन ठाउँ दिएको थियो, त्यसरी नै रात्रीले उषाका निम्ति ठाउँ छोडिदिई ।” यस मन्त्रमा अभिव्यक्त भनाइलाई नकारको नकारका अर्थमा बुझिएको छ । यहाँ भन्न खोजिएको कुरा हो – रात्रीको उत्पति हुँदा त्यसले दिनलाई नका¥यो, रात्रीलाई उषाकालले नका¥यो र त्यसलाई नकार्दै दिनका ठाउँमा दिन नै आइपुग्यो । ऋग्वेदको तेस्रो मण्डलको ५५ औँ सूक्तमा रात्री र उषाको कार्यमा भएको द्वन्द्वात्मक अभिव्यक्ति अर्को ढङ्गबाट व्यक्त गरिएको छ, “सुन्दर अन्तरिक्षभित्र दिन र रात दुवै दुर्ईवटा पाइतलाहरू झैँ हिँड्छन् । यी दुईमध्ये एउटा प्रकाशमा रहन्छ भने अर्को गोप्य । ती दुर्ईका बाटा सँगै रहेका भए पनि एक अर्काको विपरित भएर अघि बढ्छन् ।”
माओ भने निषेधको निषेध भन्ने पदावलीलाई उपयुक्त ठान्दैनन् । उनी दुई अर्थमा यो पदावली अनुपयुक्त भएको तर्क प्रस्तुत गर्दछन् । पहिलो त, नकारको प्रक्रियामा विस्थापित पक्षका सम्पूर्ण गुण हटेका हुँदैनन् । दोस्रोे एक प्रसङ्गमा नकार भएको पक्ष अर्को प्रसङ्गमा सकार बन्दछ । विकासको प्रक्रिया सकार–नकार–सकार–नकार ‘‘। हुँदै अघि बढ्छ । हुन पनि निषेध भन्दा कतिपयले कुनै वस्तुलाई अस्वीकार गर्ने अथवा त्यसको अस्तिनै समाप्त पार्ने भन्ने अर्थमा बुझ्दछन् यद्यपि हेगेल अथवा माक्र्स–एङ्गेल्सले अघि सारेको निषेधको निषेध भन्ने नियमको अभिप्राय चराले किरा फट्याङरा खाएर अथवा बाँदरले बारीमा छरेका बीउ बिजन खाएर तिनको अस्तित्वनै नामेट पारे जस्तो सवाल होइन । यदि यस्तो हुँदो होत सम्पूर्ण वस्तुको उत्पादन उही अवस्थामा दोहो¥याइरहनु पर्दथ्यो र विकास भन्ने सवाल आउँदैनथ्यो । जहिले पनि काम सून्यबाट थालिरहनु पर्दथ्यो । बयलगाडा बनाउने प्रविधि विकसित भएर रकेट बनाउने अवस्थासम्म आइपुग्दैनथ्यो । त्यसो भएकाले निषेध केवल नयाँ परिवेशमा उपयोगी नहुने तत्वको मात्र निषेध हो र यो सकारात्मक पक्षको विकास हो ।
अधिभूतवादले नकारलाई पूर्ण परिवर्तन वा पूर्ण ध्वंशका अर्थमा लिन्छ । एकथरि अधिभूतवादीहरूले पुराना संस्कृतिको सवालमा तिनलाई उखेलेर फाली नयाँ संस्कृतिको स्थापना गर्नुपर्दछ भन्दछन् । रुसमा १९१७ को महान् अक्टोबर समाजवादी क्रान्तिका अवधिमा स्थानीय रूपमा एक थरी सांस्कृतिक कलाकर्मीहरूले सर्वहारा संस्कृति नामको एक संस्था स्थापना गरेका थिए जसको उद्देश्य पुराना कला संस्कृति सब मासेर नयाँको उत्थान गर्ने थियो । लेनिनले यस किसिमको विचारलाई निरर्थक र बेकम्मा भनेका छन् । निषेधको प्रक्रियाले पुरानाका सम्पूर्ण कुरा नहटाई तिनका अनावश्यक तत्व
फालेर आवश्यक र सकारात्मक कुराहरूलाई अघि बढाउँछ । नयाँ वस्तु पुरानोबाटै जन्मिने हुनाले त्यसमा पुरानाका सम्पूर्ण चरित्रहरू हट्दैनन् । विस्थापित व्यवस्थाका कतिपय मूल चरित्रहरू त्यसमा दोहोरिएका हुन्छन् । समाजवादमा मानिसलाई कामअनुसार दिने परिपाटीमा पुँजीवादको विशेषता कायमै रहन्छ । मानिसको कामअनुसार ज्यालामा अथवा कमाइमा भिन्नता भएपछि सामाजिक विभेद अथवा धनी र निर्धनको सवाल रही रहन्छ । यसरी एउटाको अस्तित्वलाई अर्काले नामेट पारेको जस्तो देखिए पनि यसमा नकारका साथै पुरानोको संरक्षण र विकास पनि भएको हुन्छ । तर जस्ताको तस्तै होइन, परिमार्जित रूपमा । यसलाई पुरानाको संरक्षण भनिन्छ । माक्र्स भन्दछन्, “समाजमा हरेक पछिल्लो पुस्ताले अघिल्लो पुस्ताले हासिल गरेका उत्पादक शक्तिहरूलाई आफ्नो विरासतमा प्राप्त गर्दछन् र तिनीहरूले त्यसलाई नयाँ उत्पादनका निम्ति कच्चा पदार्थका रूपमा उपयोग गर्दछन् । इतिहासमा सिलसिलाबद्धता पैदा हुन्छ र मानवताको इतिहासले आकार लिन्छ । माक्र्स, लेनिन र माओका भनाइहरूलाई मनन गर्दै यहाँ हामीले यस नियमलाई पुरानाको नकार र नयाँको उत्पत्ति भन्ने शीर्षकमा व्याख्या गरेका हौँ ।
अठारौँ शताब्दीका यान्त्रिक भौतिकवादीहरूले प्रकृति र समाजमा हुने परिवर्तन घुमिफिरी पुरानै ठाउँमा फर्कन्छ भन्ने विचार अघि सारेका थिए । आजभोलि पनि तिनका अनुयायीहरू यही अडानमा उभिएका छन् । उनीहरूको भनाइअनुसार मानव समाज जङ्गली अवस्थाबाट विकसित हुँदै आजको सभ्य दुनियासम्म आइपुगेको छ । तर चरम उत्कर्षमा पुगेपछि यो समाज ध्वस्त हुन्छ र फेरि मानव सभ्यताको थालनी सुरुकै अवस्थाबाट दोहोरिन्छ । माक्र्सवादले पनि हरेक जीव वा वस्तुको निषेधको प्रक्रियाको कारण जुन विकास हुन्छ, त्यो आखिर सुरुकै अवस्थातर्फ उन्मूख हुन्छ भन्ने विचार अघि सारेको छ । तर माक्र्सवादअनुसार विकास सुरुको अवस्थामा फर्कँदा विगतको निम्न रूपमा नभई उच्च रूपमा फर्कन्छ । पुरानो वस्तुको नकार र नयाँको उत्पत्तिका क्रममा विकासको गति साइकलको पाङ्रा जस्तो घुमेर उही ठाउँमा फर्कने हुँदैन । यो चक्रको रूपमा अथवा घुमाउरो भ¥याङ जस्तो हुँदै उच्चस्तरतर्फ उन्मुख हुन्छ । समाजको सन्दर्भमा भन्नुपर्दा आदिम साम्यवादलाई नकार्दै अघि बढेको समाज आखिरमा उही साम्यवादमै आइपुग्दछ । तर त्यो साम्यवाद पुरानो पिछडिएको बर्बर अवस्थाको साम्यवादभन्दा निकै परिस्कृत उच्च स्तरको आधुनिक सम्पन्नताले भरिपूर्ण साम्यवाद हुन्छ ।
सङ्घर्षको क्रममा वस्तुभित्र विद्यमान विपरीत तत्वको स्थितिमा घटबढ भइरहन्छ र दुईमध्येमा एउटा बढी क्रियाशील र परिवर्तनशील हुन्छ भने अर्को कम क्रियाशील र कम परिवर्तनशील हुन्छ । एउटा पक्ष यथास्थितिवादी अथवा पुरातन हुन्छ भने अर्को पक्ष प्रगतिशील अथवा अग्रगामी हुन्छ । पुरानाको नकार र नयाँको उत्पत्तिको प्रक्रियामा अथवा दुई पक्षबीचको सङ्घर्षमा जुन पक्ष बढी परिवर्तनशील हुन्छ, त्यो नै मुख्य पक्ष बन्न जान्छ र त्यसले नै वस्तुको स्वरूपलाई निर्धारण गर्दछ । द्वन्द्ववादको नियमअनुसार जुन पक्ष अग्रगामी र सबल हुन्छ, त्यसले नै परिवर्तनको दिशा निश्चित गर्छ र अर्को पश्चगामी यथास्थितिवादी पक्षलाई आफू अनुकूल परिवर्तन हुन बाध्य गराउँछ । तर विपरीत पक्षको स्थानमा हेरफेर आउन सक्छ, बलियो कमजोरमा र कमजोर बलियोमा बदलिन सक्छ । उदाहरणका लागि सामन्तवादी व्यवस्थामा सुरुमा सामन्तभन्दा पुँजीपतिहरू कमजोर थिए । तर पछि आएर पुँजीवादी क्रान्ति कालमा ती बलिया भए र सामन्तको राज्यसत्ता पल्टाई पुँजीवादी व्यवस्थालाई जन्म दिए । रुसको सवालमा अक्टोबर क्रान्तिमा सर्वहारा वर्ग बलियो र अग्रगामी भयो र त्यसले साम्राज्यवादी र पुँजीवादी पक्षधरहरूलाई दबाएर समाजवाद लागु ग¥यो । तर पछि ख्रुश्चोवका पालादेखि जब पार्टीमा अवसरवाद हावी भयो तब सर्वहारा वर्ग कमजोर भयो । हिजो दबाइएका पुँजीवादी तत्वहरू बलिया हुँदै आए, तिनले राज्यसत्तामा आफ्नो ठाउँ बनाए र गोर्भाचोवका पालामा आएर समाजवादलाई पन्छाई पुँजीवादी राज्यसत्ताको स्थापना गरे । यद्यपि मानव इतिहासलाई मध्यनजर गर्दा गति सुल्टो उल्टो दिशामा हिँडे पनि अन्ततोगत्वा यो अगाडि नै बढ्छ र प्रगतिशील पक्षले यथास्थितिवादी पक्षलाई नकार्दै अगाडि बढ्छ ।
सामाजिक इतिहासमा विकासको गति जति अगाडि बढ्यो, उति तीव्र बन्दै जान्छ । आदिम साम्यवादी व्यवस्थालाई विकसित भएर दास समाजमा रूपान्तरित हुन झण्डै तीस चालिस हजार वर्ष जति लागेको थियो दास समाजलाई सामन्ती समाजमा बदलिन त्यति धेरै समय लागेन केवल पन्ध्र सय वर्ष जति लाग्यो । सामन्तवाद त केवल सय वर्षमा ढल्यो । पुँजीवाद कतिपय देशमा ढलेको छ, कतिपय देशमा ढलेर पनि पुनः व्यूँतिएको छ र धेरै देशहरूमा जीवितै छ । तर परिस्थितिले यसको क्षयको सङ्केत गरिसकेको छ । लेनिनले जे भनेका छन्, त्यो सत्य सावित हुनेछ ।