चैत्र २६ गते २०७६
कोरोनाले अर्थतन्त्रमा गहिरो प्रभाव पार्ने
२६ चैत, काठमाडौं । कोरोना भाइरसले नेपालको अर्थतन्त्रमा गहिरो प्रभाव पार्ने विश्लेषण अर्थ मन्त्रालयले गरेको छ । आफ्नो मासिक समीक्षा बुलेटिनमा मन्त्रालयले अर्थतन्त्रका धेरै क्षेत्रमा कोरोनाले प्रभाव पार्ने निष्कर्ष निकालेको हो ।
मन्त्रालयका अनुसार कोरोनाले खासगरी नेपालको पर्यटन र वैदेशिक रोजगारी समस्याग्रस्त बनेका छन् । चीनमा कोरोनाको प्रकोप बढेपछि नै नेपालमा पर्यटक आगमनमा संकुचन आउन थालेको थियो । चैत महिना लागेपछि त पर्यटन क्षेत्र नै ठप्प बनेको मन्त्रालयले जनाएको छ । ११ चैतदेखि सरकारले घोषितरुपमै देशव्यापी लकडाउन गरेको छ ।
कोभिड(१९ को असर वैदेशिक व्यापारमा समेत प्रत्यक्ष देखिने विश्लेषण मन्त्रालयको छ । खासगरी व्यापार र निर्माणको काम प्रभावित हुँदा त्यसले अर्थतन्त्रलाई चौतर्फी प्रभाव पार्नेछ । फागुनसम्म अन्य आर्थिक परिसूचक भने सकारात्मक रहेको अर्थ मन्त्रालयले उल्लेख गरेको छ ।
‘कुल सरकारी खर्च लक्ष्यअनुसार हुन नसके पनि अघिल्लो वर्षको तुलनामा माथि नै छ । आयातबाट हुने भन्सार राजस्वमा कमी आए पनि समग्र राजस्व संकलन फागुन मसान्तसम्म सन्तोषजनक देखिन्छ,’ मन्त्रालयको बुलेटिनमा भनिएको छ ।
निर्यात बढ्दै गएको र आयात घटेको हुँदा त्यसले वैदेशिक व्यापारमा सुधार देखिएको छ । शोधनान्तर स्थितिसमेत सुधार भएको छ । व्यापार घाटा गत आवको यसै अवधिको तुलनामा कम भएको छ । वैदेशिक सहायतामा समेत वृद्धि भएको अर्थ मन्त्रालयले जनाएको छ ।
यस अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या पनि वृद्धि भएको छ । तर, कोरोनाको विश्वव्यापी कहरसँगै चैत महिनामा भने अर्थतन्त्रका अधिकांश अवयव करिब ठप्प छन् ।
अर्थतन्त्रमा कोरोना संकटको प्रभावबारे अर्थ मन्त्रालय आफैँले पनि अध्ययन गरिरहेको छ । त्यसका लागि राजस्व सचिव रामशरण पुडासैनीको संयोजकत्वमा अध्ययन समिति गठन भएको छ । यता, सरकारले अर्थतन्त्रमा पारेको समग्र प्रभावको अध्ययन गर्ने जिम्मेवारी भने राष्ट्रिय योजना आयोगलाई दिएको छ