२६ चैत, काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९० को उद्गम स्थल चीनको वुहान शहरका मानिस दुई महिनाभन्दा लामो समयपछि बुधबार बाहिर निस्किन पाएका छन् । मानिसहरु आफ्नो दैनिकीमा फर्किएका छन् । वुहानमा २३ जनवरीबाट लागू भएको लकडाउन मानव इतिहासकै सबैभन्दा लामो बन्दाबन्दी ९लकडाउन० मानिएको छ ।
बुधबारबाट भने वुहानका सडक खुला भएका छन् । कर्मचारीहरुले राति नै सडकमा राखिएका अवरोधहरु हटाएका थिए ।
हवाई उडान पुनः सञ्चालनमा आएका छन् भने रेल सेवा सुरु भएको छ । यहाँका मानिसहरु चीनको अन्य भागमा जान पाएका छन् । बुधबार बिहान १० हजार मानिसले हवाई जहाजबाट शहर छाडेका छन्, जो लकडाउनको कारण लामो समय वुहानमा रहेका थिए ।
चाइना इस्टर्न एयरलाइन्सबाट यात्रा गर्न लागेका यात्रु र सुरक्षाका लागि गगल्स लगाएकी एक कर्मचारी
कोरोना संक्रमण फैलिन नदिन सरकारले वुहानमा लकडाउन निकै कडा पारेको थियो । शुरुमा मानिसहरुलाई पसलमा गएर खाद्यान्न किन्ने अनुमति थियो ।
तर मध्य फेब्रुअरीबाट मानिसहरुलाई घरको कम्पाउण्डबाट बाहिर निस्किने अनुमति दिइएन । यस्तोमा डेलिभरी चालक जीवनयापनको लागि निकै महत्वपूर्ण बने । ‘पछिल्लो दुई महिनामा कोही मानिस पनि सडकमा देखिएनन्’, डेलिभरी चालक जिया शेन्झीले बीबीसीसँग भनेका छन् ।
उनी जेडी डटकमको वुहानमा डेलिभरी स्टेशन प्रमुख थिए । मानिसहरुले परिवारका वृद्ध सदस्यका लागि औषधिजस्ता अत्यावश्यक बस्तु लागि फोन गर्ने गरेको जियाले सुनाए । तर मानिसहरुले समयमा सामान पुर्याउन कठिन थियो । यसले उनलाई पिरोल्थ्यो । त्यसैले उनी स्कुटरमा औषधि लिएर घरमा पुर्याइदिन्थे ।
सरकारको काममा सन्तुष्ट
चीन सरकारले सार्वजनिक गरेको तथ्यांकमा अहिले पनि पश्चिमाहरुले प्रश्न गर्ने गरेका छन् ।
कतिपयले संक्रमणको जोखिम अझै कायम रहेकाले सुरक्षात्मक पोशाक लगाएका छन् ।
हुन ढाकछोपको प्रयास गरेको थियो । स्थानीय अधिकारीहरुले भाइरसबारे चेतावनी दिएका डाक्टरलाई बोल्न रोक लगाएको थियो । सामाजिक सञ्जालमा पनि सेन्सर गरिएको थियो । कतिसम्म भने सामाजिक सन्जाल वीच्याटमा ग्रुप बनाएर सरकारविरुद्ध बोल्नेलाई प्रहरीले समातेर लान्थ्यो । त्यसैले आशंका गर्नु स्वाभाविक हो ।
तर निकै कडा लकडाउनले वुहानमा संक्रमितको दर नाटकीय रुपमा घटाएकोमा दुईमत देखिँदैन ।
वुहान शहरबाट हुबेई प्रस्थान गर्नुअघि हाईस्पीड ट्रेनकी एक कर्मचारी विदाईको हात हल्लाउँदै
संक्रमण नियन्त्रणमा आएपछि पछिल्लो केही सातादेखि वुहानमा लकडाउन केही खुकुलो पारिएको थियो । मानिसहरुलाई आफ्नो कम्पाउण्डमा निस्किन दिइएको थियो भने व्यवसायहरु खुल्न शुरु गरेका थिए ।
अहिले वुहानदेखि चीनसँग जोडिने यातायात पनि सञ्चालनमा आएका छन् । यस्तोमा केही मानिसले आक्रोश व्यक्त गरेपनि उनीहरु सरकारले राम्रो काम गरिरहेको बताउँछन् ।
वुहानको हान्कोउ रेलवे स्टेशन अगाडि यात्रुहरुको सेवामा तैनाथ ट्याक्सीहरु
यद्यपि अझै वुहानका सबै कोरोना संक्रमित निको भइसेकेका छैनन् भने चीनमा पुनः यो भाइरस फैलिन सक्ने जोखिम भने कायम छ । त्यसैले यात्रामा निस्किएकाहरुले रेनकोट जस्तो देखिने कपडा र मास्क लगाएको देखिन्छ । रेल तथा हवाई उड्डाहरुमा पालो पर्खिनेहरुले व्यक्तिगत दुरी कायम राखेको देखिन्छ ।
स्वास्थ्यकर्मीहरु खुसीले एकअर्कालाई अँगालो हालेका देखिन्छन् । कोरोनाविरुद्धको लडाइँ जित्दा कतिपय भावुक भएका तस्वीरहरु सार्वजनिक भएका छन् ।
वुहानमा कोभिड–१९ को अवस्था
यसले महामारी नियन्त्रण र अर्थतन्त्र पुनः सञ्चालनमा ल्याउनको लागि अवरोध सृजना गर्न सक्छ । चीनको वुहान सहरमा मात्र ५० हजारभन्दा धेरै संक्रमित फेला परेका थिए, जसमध्ये दुई हजार पाँच सयभन्दा धेरैको मृत्यु पनि भयो ।
तर अहिले वुहानमा संक्रमितको संख्या पाँच सयभन्दा पनि कम छ । नयाँ संक्रमण देखिएको छैन । त्यसैले वुहानमा यो महामारी नियन्त्रणमा आएको मानिएको छ ।
तर चीनमा भने मंगलबार मात्र ६२ नयाँ संक्रमित फेला परे । उनीहरुमध्ये ५९ जना विदेशबाट आएका मानिस थिए । लक्षण नदेखिएका मानिसहरुमा पनि संक्रमण देखिएकाले पुनः महामारी फैलिन सक्ने आशंका भने कायमै छ ।
यूएस डिपार्टमेन्ट अफ स्टेट्सअन्तर्गतको ब्युरो अफ कन्सुलर अफेयर्सले डाइभर्सिटी भिसा (डीभी) लट्री २०२५ को नतिजा सार्वजनिक गरेको छ ।शनिबार राति नतिजा प्रकाशित भएको हो ।डीभी लट्रीको नतिजा डिभी भर्दा...
Read More
काठमाडौँ : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने स्पष्ट पारेका छन् । उनीहरूले यसबारेमा अहिले पार्टीले निर्णय गर्नुपर्ने आवश्यक नरहेको भन्दै...
Read More
सन्तोष तिमिल्सिना दोहा “विश्वभरीका कस्केली खोजि अभियान सम्बृद्ध जन्मथलो हाम्रो स्वाभिमान” भन्ने मूल नाराको साथमा स्थापित यस कास्की आदर्श समाज अन्तरास्ट्रिय समन्वय परिषद,नेपालको छैटौ स्थापना दिबस एवं पाँचौ साधारण...
Read More