चैत्र २८ गते २०७६
बागलुङको अस्पतालको तयारी र उपचार प्रकृया उत्कृष्ट ः मुख्यमन्त्री गरुङ
पोखरा, चैत्र २८ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नोवल कोराना भाईरसको संक्रमण देखिएको बागलुङमा स्वास्थ्य उपकरण र चिकित्सकहरु प्रति सन्तुष्ट देखिनु भएको छ । बागलुङ जिल्लामै पुगेर संक्रमित र उनका आफन्तहरु संगको भेटघाट तथा पुर्बाधारको अबस्थाको बारेमा अध्ययन गरेर उहाँ पोखरा फर्कनुभएको छ ।
उपचारमा संलग्न चिकित्सकहरु प्रति पनि आफु सोचे भन्दा बढी सन्तुष्टी मिलेको उहाँको भनाई छ । गण्डकी प्रदेशको बागलुङ जिल्लामा २ जना संक्रमित छन । धौलागिरी अस्पताललाई उप प्रादेशिक अस्पताल बनाउने र्निणय पनि प्रदेश सरकारले गरिसकेको उहाँले सो अबसरमा जानकारी दिनुभयो । कोरोना बिरुद्ध लड्न अन्य उपायहरुको पनि अबलम्वन गरिरहेको उहाँले स्पष्ट पार्नुभयो । पर्बत जिल्लामा पनि आबस्यक तयारी गरिएको बारे उहाँले स्पष्ट पार्नुभयो । पर्बतमा पनि उपचारका लागि तयारी राम्रो संग भएको बताइएको छ ।