चैत्र ३० गते २०७६

धम्की दिने वडाअध्यक्ष बिरुद्ध जिल्लामा उजुरी , प्रसासन द्धारा अनुमगन

लमजुङ, चैत्र ३० ।
राहत सामाग्रीमा समस्या देखिएपछि जिल्ला प्रसासन कार्यालय लमजुङको नेतृत्वमा गठित जिल्ला अनुगमन समितिले पालिका स्तरमा अनुगमन सुरु गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका जिल्ला स्थित प्रमुख तथा प्रतिनिधिहरुको टोलिले दुधपोखरी गाऊपालिकामाबितरण गरिएको राहतको अनुगमन गरेको छ । अनुगमनका क्रममा राहत सामाग्रीको गुणस्तर र बास्तविक पिडित पहिचानमा अपनाइएको प्रकृयाका बारेमा चासो देखाइएको थियो । दुधपोखरी गाऊपालिकामा आबस्यक प्रकृया पुरा नगरेको भेटिएको छ । जिल्लाले तयार पारेको बितरण मोडालिटी विपरीत दुधपोखरी गाऊपालिकाले मनपरी गरेको अनुगमनका क्रममा भेटिएको हो । त्यसैगरि बितरण गरिएको चामल पनि गुणस्तर हिन देखिएकोले नमुना संकलन गरि जिल्ला ल्याईएको छ ।
दुधपोखरी गाऊपालिकामा बितरण गरिएको चामलमा समस्या देखिएपछि स्थानियले बिरोध गरेका थिए । बिरोध गरेको भन्दै वडाअध्यक्ष तथा गाऊपालिका उपाध्यक्ष समेत मिलेर स्थानियहरुलाई त्रसित बनाउने ,धम्की दिने तथा बिभिन्न बाहानामा दुःख दिने काम गरिएको स्थानिय अनिल दवाडीले जानकारी दिए । वडा नं २ का वडाअध्यक्ष गोबिन्द दवाडीले ज्यानमार्ने समेतको धम्की दिएको अडियो गण्डकी शन्देशलाई प्राप्त भएको छ । वडाअध्यक्ष नै यसरी आक्रमणमा उत्रिएपछि पिडित अनिल दवाडीले जिल्ला प्रसासन कार्यालय लमजुङमा उजुरी दिएका छन ।