चैत्र ३० गते २०७६

कोरोना कहर संगै नयाँ बर्ष राष्ट्रिय गानका साथ मनाउन प्रधानमन्त्रीको आह्वान

चैत्र ३० ,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाकोविरुद्ध लडिरहेका चिकित्सक, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा सोमबार राष्ट्रिय गान गाउन र ताली बजाउन आव्हान गरेका छन् । सामाजिक सञ्जाल ट्विरमा आइतबार संदेश जारी गर्दै उनले यस्तो आव्हान गरेका हुन् ।

कम्प्याक्टको अभियान अनुसार सोमबार बैशाख १ गते विहान ८ बजे हरेकले आ–आफ्नो घरको छत तथा झ्यालबाट राष्ट्रिय गानको धुन बजाउनु पर्ने छ । धुन सकिए पछि तालिबजाएर सम्मान गर्नु पर्ने छ ।
ग्लोबल कम्प्याक्ट नेपालको तलको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।ू
प्रधानमन्त्री ओलीले संयुक्ता राष्ट्र संघले अघि सारेको अभियान राम्रो लागेको भन्दै सहभागी हुन आह्वान गरेका हुन् । उलने भने ‘ग्लोबल कम्प्याक्ट नेपालको अनुरोध मलाई राम्रो लाग्यो । यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।

संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले अघि सारेको कार्यक्रमलाई प्रधानमन्त्री ओलीले समर्थन गरेका हुन् । ग्लोबल कम्प्याक्ट नेपालले भोलि९आइतबार० नयाँ वर्षको दिन विहान ८ बजे घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाउन आह्वान गरेको छ।
नेपाली पात्रो अनुसार भोलिदेखि नयाँ वर्ष २०७७ पनि सुरुवात हुँदै छ । नयाँ वर्षको अवसर तथा कोरोनाले आक्रान्त बनेको बेला ग्लोबल कम्प्याक्ट नेपालले यस्तो अभियान थालेको हो