वैशाख १ गते २०७७

तेल खपत घटेपछि उत्पादनमा महत्वपूर्ण सम्झौता

वैशाख १,बीबीसी, तेल उत्पादक देशहरुको संगठन आपेक ९अर्गनाइजेशन अफ द पेट्रोलियम एक्पोर्टिङ कन्ट्रीज० र सहयोगीको तेल उत्पदानमा कटौतीलाई लिएर विषयमा सम्झौता भएको छ।

यो सम्झौतापछि कोरोना भाइरस संक्रमणबाट अन्तर्राष्ट्रिय बजारमा तेलमा मागमा आएको कमीका कारण मूल्यलाई स्थिर राख्नका लागि उत्पादनमा दश प्रतिशत कटौती गर्ने सहमति भएको बीबीसीले जनाएको छ।

आइतरबार यो सम्झौतामा एक भिडियो कन्फ्रेन्समार्फत सहमति भएको हो। सम्झौताको मुख्य उद्देश्य तेलको मूल्य स्थिर राख्नका लागि उत्पादनका ठूलो कटौती गर्नु थियो।

ओपेक प्लस तेल उत्पादकबीच ९ अप्रिलमा कटौतीको विषयलाई लिएर सम्झौता हुने तय भएको थियो। तर मेक्सिकोले उत्पादन कटौतीको विरोध गर्दै आएको थियो, यही कारण ओपेकले कटौतीको घोषणा गर्न सकेको थिएन।

अहिलेसम्म ओपेक र सहयोगी तेल उत्पादक देश प्रत्येक दिन ९०।७ लाख ब्यारल तेल कटौती गर्ने सहमति भएको पुष्टि भएको छ।