वैशाख १ गते २०७७

राईनासका १५ जनाको र्यापिट टेष्ट रिपोर्ट नेगेटिभ

राईनास, लमजुङ, बैशाख १ ।
बिदेश बाट आएका लमजुङका राईनास नगरपालिकाका १५ जनामा गरिएको र्यापिट टेस्टमा नेगेटिभ रिपोर्ट आएको छ । उनिहरुको स्थानिय पालिकाले जाँच गरेको हो ।
गण्डकी प्रदेश सरकारले आफु मातहतमा ८६ स्थानिय तहमा जाँच गर्ने ब्यबस्था मिलाएको छ । सोही बमोजिम राईनास नगरपालिमा स्थापना गरिएको ल्यावमा उनिहरुको पनि जाँच गरिएको पालिकाका प्रमुख प्रसासकिय अधिकृत रामचन्द्र अधिकारीले जानकारी दिए । राईनास नगरपालिकामा प्रदेशले उक्त परिक्षणका लागि १८ वटा किट र आबस्यक उपकरण पठाएको थियो । दुईदिन पालिकामा रहेको ल्याव टेक्नीसियनहरुलाई तालिम दिएर उक्त परिक्षण गर्ने ब्यबस्था मिलाइएको थियो ।
जाँच गरिएका १५ जना मध्ये एक जना दुबई बाट र १४ जना भारत बाट नेपाल आएका थिए । सरकारले लकडाउन भन्दा केही समय अगाडी बिभिन्न देशबाट नेपाल आएकाहरुको जाँच गर्न र्निदेशन पनि दिएको थियो । उनिहरु होम क्वारेन्टाईनमा थिए ।
राईनासका परिक्षण गरिएका १५ जना मध्य २ जनामा ज्वरो समेत देखिएको थियो । कारोनाको त्रासका बेला उनिहरुमा ज्वरो आएपछि स्थानिय समेत त्रसित बनेका थिए । तर यो रिपोर्ट अनुसार उनिहरुको सो लक्षण नदेखिएकोले आत्तिन पर्ने अबस्था नभएपनि सजगता अपनाउन मेयर सिंह बहादुर थापाले अनुरोध गरेका छन । उनका अनुसार अहिले सबैको स्वास्थ्य स्थिती राम्रो छ । पालिका भित्र अन्यत्र बाट आएका वा ज्वरोका बिरामी फेला परेमा स्वास्थ्य सस्था बाट आबस्यक उपचार गर्ने प्रबन्ध राईनास नगरपालिकाले मिलाएको छ ।