वैशाख ४ गते २०७७

पोजिटीभ समाचारः कोरोनाबाट ५ लाख बढी निको भैसके

वैशाख ४ काठमाडौँ । तीन महिनादेखि विश्वका २१० देशमा कोरोना भाइरसको महामारी व्याप्त छ ।

कोरोना भाइरसबाट संक्रमितमध्ये ५ लाख १० हजार ४६ जना संक्रमितको उपचार सफल भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यी संक्रमितहरु सफल उपचारपछि घर फर्किएका छन् ।

कोरोना संक्रमित मध्ये चीनमा सबैभन्दा धेरै मानिसको उपचार सफल भएको छ । चीनमा हालसम्म ७७ हजार ८ सय १६ संक्रमितको उपचार सफल भएको हो ।
चीनमा ८२ हजार २ सय ९५ जना कोरोना संक्रमित छन् ।

यस्तै सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेको अमेरिकामा भने सबैभन्दा थोरै संक्रमितको उपचार सफल भएको छ । ६ लाख ४४ हजार ८९ संक्रमित रहेको अमेरिकामा यो समाचार तयार पार्दासम्म जम्मा ४८ हजार ७०१ संक्रमितको सफल उपचार भएको छ । अन्य देशको विवरण तलको तालिकामा उल्लेख छ।

हालसम्म विश्वमा २० लाख ८२ हजार ८ सय २२ जना कोरोना संक्रमित फेला परेका छन् । संक्रमित मध्ये १ लाख ३४ हजार ६ सय ३ जनाको ज्यान गइसकेको छ।