वैशाख ४ गते २०७७
राहतको आलु कुहिएको र गन्हाएको चामल भेटेपछि पालिकालाई फिर्ता
बैशाख ४ ।
कोरोना राहतमा बितरण गरिएको आलु र चामल गुणस्तरहिन भएपछि पिडितहरुले फिर्ता गरेका छन । लहान नगरपालिकाले राहतमा बाँडेको कुहिएर खानै नमिल्ने चामल विपन्नले फिर्ता गरेका हुन् ।
तीन दिनअघि राहतमा पाएको चामल फिर्ता गर्न वडा कार्यालयमा आएकी लहान– २० ब्राह्मण गाउँकी अनिता चौधरीले कोरोनाको संक्रमणभन्दा राहतमा पाएको चामल खाएर मरिन्छ कि भन्ने डर लागेको बताइन् । ‘कुहिएर खानै नसकिने चामल दिएको छ, गन्हाउँछ । कोरोना भाइरस सरेरभन्दा राहतमा पाएको चामल खाएर मरिन्छ भन्ने डर लागेको छ,’ ४१ वर्षीया अनिताले भनिन् ।
वडा नम्बर २० का ३७ वर्षीया लीलादेवी राम र ४६ वर्षीय भिखन रामले पनि चामल वडा कार्यालयमै फिर्ता गरेको बताए । ‘नपकाउँदै गन्हाएको थियो, पकाएपछि पनि खान सकिएन,’ वडा कार्यालयमै भेटिएकी लीलादेवीले भनिन्, ‘यस्तो कुहिएको चामल किन घरमा राख्ने भनेर यहीँ फिर्ता ल्याएकी हुँ ।’
वडाध्यक्ष गणेशकुमार चौधरीले राहत पाएका दलितहरूले चामलको विषयमा तीन दिनदेखि गुनासो गरिरहेको बताए । ‘वडा क्षेत्रमा तत्काल पहिचान गरिएका चार सय ६० घर दलित, गरिबमध्ये बुधबारसम्म तीन सय २३ घरधुरीलाई राहत बाँडेका छौँ,’ चौधरीले भने, ‘राहत बुझ्ने अधिकांशले चामल गन्हाएको भन्दै गुणस्तरमा प्रश्न उठाएका छन् ।’
नगरपालिकाले लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खाद्य संस्थान बाट ६६ लाख ७४ हजार दुई सय ५० रुपैयाँमा एक हजार ६ सय क्विन्टल चामल किनेर राहत बाँडेको थियो ।
वडा कार्यालयमा अझै बाँड्न बाँकी ३९ पोका राहत सामग्री छन् । राहत प्याकेजमा २० किलो चामलसँगै एक किलो दाल, एक किलो नुन, चार किलो आलु, एक लिटर खानेतेल, नुहाउने र लुगा धुने गरी दुई थान साबुन र नगद दुई सय नगद थियो । तर, पोकाभित्रै आलु कुहिएर पानी बग्न थालेको छ । जसले वडा कार्यालय नै दुर्गन्धित बनाएको मोतीपुरकी मञ्जु पासवानले बताइन् ।
गुणस्तरहीन चामल फिर्ता ः खाद्य
नगरपालिकालाई चामल बिक्री गर्ने लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गुणस्तरहीन चामल तत्काल फिर्ता गर्ने बताएको छ । यद्यपि, धान नै खरिद गरेर तयार पारिएको चामलको गुणस्तर तोकिएको मापदण्डअनुसार नै रहेको कम्पनीको दाबी छ ।
यो खबर नयाँपत्रिका दैनिकले छापेको छ