वैशाख ४ गते २०७७
हाजिरी गरी घर बस्ने राईनासका एक स्वास्थ्य चौकी ईन्जार्जलाई चेतावनी
बैशाख ४ । राईनास, लमजुङ्ग ।
बिस्व महामारीका कारण नेपालमा अपनाइएको सतर्कता र संभावित महामारी नियन्त्रणका लागि पालिका स्तरमा कार्य गर्न नेपाल सरकारले सभव भएसम्मका उपकरण तथा जनशक्ति ब्यबस्थापन गरेको छ ।
अहिले देशका सबै पालिकाहरुमा कोरोना संक्रमणका संभावित लक्षणहरु पहिचानका लागि जाँच गर्ने उपकरणहरु पुगिसेका छन । राईनास नगरपालिकाले पनि नमुना संकलन गरि पहिलो चरणको जाँच सम्पन्न गरेको छ । पालिकाले स्वास्थ्य जाँच तथा औषधीको उपलब्धता, जनशक्तिको अबस्थाका बारेमा अनुगमन गरेको छ ।
प्रमुख प्रसासकिय अधिकृत रामचन्द्र अधिकारीको नेतृत्वमा गरिएको अनुगमनका क्रममा कार्यालयमा हाजिर गरेर घरमा गई बसेका सातबिसे स्वास्थ्य चौकीका ईन्चार्ज मित्रु गिरीलाई मौखिक चेतावनी दिइएको छ । उनी पटक–पटक कार्यालयको भन्दा निजि औषधी पसलमा कार्यालय समयमा भेटिने गरेको गुनासो आउने गरेको स्रोतले बताएको छ । यसैगरि कार्यालयको छड्के अनुगमनका क्रममा ८ जना कर्मचारी अनुपस्थित रहेको जनाइएको छ । उनिहरु बिना जानकारी कार्यालयमा नआएकोले आबस्यक स्पष्टीकरण मागिने प्रमुख प्रसाकिय अधिकृत अधिकारीले जानकारी दिए ।
कार्यालयमा अनुपस्थित हुनेहरुमा प्याराजुङ्ग स्वास्थ्य चौकीका सिनियर अनमी सिंह माया घले,आधारभुत स्वास्थ्य चौकी भंगारीको अ.हे.व.मनिसा गूरुङ्ग,आधारभुत स्वास्थ्य केन्द्र जेठाकका अ.हे.व लिलावती न्यौपाने,चक्रतिर्थ स्वास्थ्य चौकीको अनमी सुष्मा अधिकारी,कार्यालय सहयोगी सिताराम पराजुली, धमिलीकुवा स्वास्थ्य चौकीका अहेव शिबराज सिलवाल,हेल्थ असिष्टेन्ट कल्पना भण्डारी अनुपस्थित रहेको कार्यालयले दिएको जानकारीमा उल्लेख छ । कल्पना भण्डारीले भने सुत्केरी बिदा सकिएपछि घर बिदा थपेर बसेको बताइएको छ ।
अनुुगमन संगै पालिकाले स्वास्थ्य चौकीहरुमा आबस्यक पर्ने औषधीहरु उपलब्ध गराएको छ । पिपिइ, स्यानिटाईजर, माक्स, ज्वरो, पखाला तथा बिभिन्न प्रकारका औषधीहरु उपलब्ध गराएको बताइएको छ । अनगमनका क्रममा जनता प्रती नरम र उत्तरदायि भएर काम गर्न र्निदेशन दिइएको छ ।