वैशाख ४ गते २०७७
गरिबहरूलाई नगद रकम दिन प्रमुुख प्रतिपक्षको माग
४ बैशाख
एजेन्सी । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका नेता राहुल गान्धीले गरिबहरूलाई नगद रकम दिन माग गरेका छन् । कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिन भन्दै सरकारले देशव्यापी बन्दाबन्दी ९लकडाउन० को घोषणा गरेपछि गरीबलाई समस्या परेको भन्दै गान्धीले यस्तो माग गरेका हुन् ।
कतिपय परिवारमा खाद्यान्न लगायतका अत्यावश्यक वस्तु तथा सेवाको अभाव भएकाले सिधै रकम उपलब्ध गराउनु उपयुक्त हुने उनको सुझाव छ । ‘कसरी हुन्छ उनीहरूको हातमा तत्काल रकम पुग्ने व्यवस्था गर्नुपर्दछ,’ भिडियो सन्देश मार्फत् बिहीबार नेता गान्धीले भने ।
केन्द्रीय सरकारले घोषणा गरेको आर्थिक प्याकेजप्रतिको प्रतिक्रिया स्वरुप विपक्षी दलका नेता गान्धीको यो अभिव्यक्ति आएको हो । उनले भने, ‘अब चाँडै नै खाद्यान्नको अभाव हुनेवाला छ । सरकारले खाद्यान्नको अभाव नहुने व्यवस्था पनि गर्नु पर्दछ र कतिपय गरिब व्यक्तिसँग रासन कार्ड समेत नभएको अवस्था छ । त्यसैले उनीहरुलाई सरकारले नगद नै उपलब्ध गराउनु पर्दछ ।’
खाद्य सुरक्षाको सुनिश्चितता गर्न नेता गान्धीले पटक पटक जोड दिएका छन् । उनले गरिब नागरिकलाई तत्काल उनीहरूको खातामा रकम पठाउन आग्रह गरे । उनले कोरोना भाइरसको सङ्क्रमण सकिएपछि बेरोजगारीको समस्या धेरै हुने भएकाले अहिले नै रोजगारी सृजनाका लागि योजना बनाउन पनि सरकारलाई सुझाव दिएका छन्