वैशाख ५ गते २०७७
देश लोडसेडिङ मुक्त तर बिजुलि देखि आजित लमजुङ
लमजुङ, बैशाख ५ ।
देश अहिले लोडसेडिङ मुक्त छ । यसको जस प्राधिकरणका प्रमुख कुलमान घिसिङ र तत्कालिन उर्जामन्त्री जनार्दन शर्माले लिइरहका छन ।
हुन पनि उहाँको प्रयास बाट नेपाल लोडसेडिङ मुक्त गराउन सचेत पहलकदमी उहाँहरुले सुरु गर्नुपनि भएको हो । तर लमजुङ जिल्लामा भने समस्या जहाँको तही छ । देश लकडाउन भएका बेला उद्योग धन्दा चलेका छैनन् । बिजुली खपत कम भएको स्वयं बिद्युत प्राधिकरणले बताईरहेको छ । तर लमजुङ जिल्लामा भने बिद्युत आउने र जानेको ठेगान हुदैन । बिजुली आएपनि कतिबेर बत्तीको अनुहार हेर्ने पाईन्छ भन्ने कुराको कुनैै भर हुदैन । यस्तो समस्या त्यहाँको जनताले नियमनकारी निकायमा नभनेका पनि होईनन् । उनिहरु डेलिकेशन पनि धेरै पटक गए । तर सुनुवाई भएन । अब गर्मि बढ्दै जान थाल्यो । मानिसहरु शहरबाट समेत गाऊ आएका छन , तर बिजुलीको भर छैन – दोर्दीका रबिन्द्र अधिकारीले गुनासो गरे । बिजुलीको पोल डल्यो भने महिनौ सम्म गाऊमा बत्ती नबल्ने उनले बताए । सामान्य हावाहुरी आउने बेलामा पनि बिजुली बन्द हुन्छ । बन्द भएको बिजुलि कतिदिनमा फिर्ता हुन्छ भन्ने ज्ञारेन्टी पनि हुदैन , उनले भने । यसैगरि जिल्लाका अरु पालिकाहरुमा पनि समस्या उस्तै छ । राईनास नगरपालिकाका स्थानिय ऋसिकेश घिमीरेले पनि उस्तै समस्या सुनाए । बिजुलीको तार रुखमा बाधेर बिजुली बालिएको समेत उनको भनाई छ । अहिले गण्डकी प्रदेश सरकारले पोल पालिकाहरुमा पठाएको छ । तर गाड्ने काम भने अहिलेसम्म पनि भएको छैन , घिमिरेले सुनाए ।
बिद्युत उपभोक्ता समिति प्रमुख कारण
लमजुङमा बिजुली बितरण उपभोक्ता समिति मार्फत हुन्छ । अर्थात २०५३ सालमा एक बिद्युत उपभोक्ता समिति बनाएर बिद्युतिकरण गरिएको थियो । नेपाल सरकारले हाल उपभोक्ता समिति खारेज गर्ने नितिगत र्निणय पनि गरेको छ । तर लमजुङ बिद्युत उपभोक्ता समति भने कृयाशिल छ । बिद्युत प्राधिकरण मातहत लमजुङको बिजुली नबल्ने भएकाले समस्या आएको बिद्युत प्राधिकरण कार्यालय पोखराको भनाई छ । उपभोक्ता समितिले साबिवका ३७ गाबिसमा बिजुली बालेको छ । ३४ लमजुङ जिल्ला का छन भने ३ वटा तनहँुमा पर्छन ।
ग्रामिण बिद्युतिकरणमा शहरको जस्तो नहुने भएपनि समस्या भने रहेको बिद्युत उपभोक्ता समितिका अध्यक्ष श्रीकान्त घिमिरेको भनाई छ । कर्मचारीहरुले सोच अनुसार काम नगर्दीने भएकाले दोष उपभोक्ता समितिले लिन पर्ने अबस्था आएको घिमिरे बताउछन । समुदाय प्रति प्राधिकरण पनि अनुदार छ , उनिहरु ५सय ग्राहकका लागि अरबौ खर्च गर्छन तर हामिले गरेको कामको अबमुलयन गर्छन – घिमिरेको गुनासो छ । उपभोक्ता समति मार्फत बिद्युत बितरण भएपनि ट्रान्सफर्मर सम्म प्राधिकरणले मर्मत तथा बितरण ब्यबस्था मिलाउनु पर्ने प्राबधान रहको घिमिरेले जानकारी दिए । तर अहिले सबै काम उपभोक्ता समितिलाई थोपरेर प्राधिकरण मौन बसेको उनको आरोप छ । हामिले फिडर र टान्सफर्मर बनाउने काम गर्ने होईन, तर बिजुली नआएपछि जनताको गुनासो आउछ र बाद्य भएर बनाउन पर्छ , घिमिरेको दुखेसो छ ।
जनता मारमा
लमजुङमा बिद्युत प्राधिकरणको कार्यलय पनि खुलेको छ । कार्यालय मातहत सञ्चालन गर्ने र्निणय पनि भएको छ । तर कायान्वयन भएको छैन । समस्या उपभोक्ता समिति र प्राधिकरण बिचको लडाई हो । तर जनता मारमा परेका छन । प्रदेशका मुख्यमन्त्री देखि राष्ट्रिय स्तरका नेताहरु समेत लमजुङमा छन । तर बिजुलीको समस्या जस्ताको तस्तै छ । लमजुङबाट र्निबाचित सबै सांसदहरु यो समस्या समाधानमा आफु लागिपरेको बताउछन । समस्याको पहिचान भएपनि निराकरणमा चुनौती रहेको उनिहरुको साझा भनाई छ । तर जनताले आनन्द संग बिजुली बाल्न पाउने कहिले भन्ने एकिन गर्न सकैले सकेको छैन ।